Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत १९ गते सोमबार

पाच महिनामा तीन बाघकाे मृत्यु, पर्सा राष्ट्रिय निकुन्जकाे खाेर रित्तियाे।
पर्सा राष्ट्रिय निकुन्ज

चितवनबाट उद्धार गरी ल्याएको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस्क भाले बाघको शुक्रबार राति खोरमा मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ ।
केही दिनदेखि बिरामी भएको बाघलाई खोरमा आहारा दिन जाने क्रममा मृत्यु भएको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जनाए । वयस्क भाले बाघको मृत्युसँगै अहिले पर्सा राष्ट्रिय निकुञ्जको खोर रित्तो भएको छ ।
पर्साको ठोरी र चितवनबाट उद्धार गरी ल्याएका एउटा पोथी र २ वटा भाले बाघको मृत्युसँगै निकुञ्जको खोर रित्तो भएको हो । पछिल्लो ५ महिनामा निकुञ्जको खोरमै ३ वटा बाघको मृत्यु भएको हो । २ वटा बाघ राख्ने क्षमता भएको साँघुरो खोरमा निकुञ्जले ३ वटा बाघलाई राख्दै आएको थियो ।
अत्यन्तै दुर्गन्धित र साँघुरो खोरमा राखिएको बाघलाई बस्न अनुकूल वातावरण नभएपछि बिरामी भएर मृत्यु भएको हो । निकुञ्जले बाघको उमेर हेरेर एकदिन बिराएर ५ किलो मासु दिँदै आएको थियो । तर खोरमा बाघले नखाएको मासु कुहिएर गन्हाउँदा छेउछाउमै जान नसक्ने अवस्था थियो ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले उद्धार गरेर ल्याइएको बाघलाई लामो समय खोरमा राख्नुपर्दा बिरामी भएर मरेको जनाए । ‘खोर भनेको बाघलाई उद्धार गरेर १/२ महिनाका लागि राख्ने होल्डिङ्ग सेन्टरमात्रै हो, लामो समय खोरमा राख्दा बाघलाई बचाउन गाह्रो हुन्छ,’ खतिवडाले भने, ‘खोरमा बाघको लागि वातावरण राम्रो नभएका कारणले नै मरेका हुन्, धेरै समय राखिएको थियो । त्यो नै गल्ती भयो ।’
पर्सा निकुञ्जमा सन् २०१८ को गणनामा १८ बाट एकैपटक उत्साहजनक ढङ्गले वृद्धि भएर ४१ वटा पुगेको बाघ पछिल्लो समय वासस्थान, आहारा र पानीको अभावमा वनक्षेत्र आसपासका बस्तीमा छिर्न थालेको छ ।


#बाघ मृत

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>