Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २० गते मङ्गलबार

बन जंगलमा हुने आगलागी नियन्त्रणका उपाय अपनाउन गर्न शुनपा ८ काे निर्देशन, आगलागी सुरु भयाे ।

बनजंगलमा आगलागी हुने समय नजिकिय संगै आगलागी नियन्त्रण गर्न शुक्लफाँटा नगरपालीका वडा ८ ले निर्देशन दिएकाे छ । 
वडा अध्यक्ष बहादुर सिह महराले एक सुचना जारि गर्दै गर्मियाममा सामुदायिक बन उपभाेक्ता समिति क्षेत्र सँगै जोडिएको राष्ट्रिय वन क्षेत्र र चुरे क्षेत्रमा समेत वन डढेलोले जैविक विविधता, वन पैदावरहरु, वन्यजन्तुको जीवन र वासस्थान सँगै वन तथा वातावरणमा भइरहेको अतुलनिय क्षति सम्बन्धि जानकारी नै होला ।
उल्लेखित क्षति हुन नदिनका लागी ताँहा वन उपभाेक्ता समुह बाट वन डढेलो व्यवस्थापन नियन्त्रणका लागि आवस्यक पर्ने जनशक्ति, यन्त्र उपकरण, स्रोत साधन र आर्थिक स्रोत परिचालनको व्यवस्थापन र सम्बन्धित निकायहरु सँग आवस्यक समन्वयको व्यवस्था गर्नहुन निर्देशन गरिएको छ ।
चालु आ.व. को वन डढेलो नियन्त्रण व्यवस्थापनका लागि ताँहा सा.व/धा.व ले के कति जनशक्ति , यन्त्र उपकरण, स्रोत साधन र आर्थिक स्रोत परिचालनको व्यवस्थापन र सम्बन्धित निकायहरु सँग आवस्यक समन्वयको व्यवस्था मिलाइएको छ । सोको जानकारी मिति : २०८०/१२/२० गते विहान १०:०० वजे भित्र यस कार्यालयमा अनिवार्य पठाउनहुन निर्देशन गरिएको छ 
साथै उल्लेखित निर्देशनको अवज्ञा गरि वन डढेलो नियन्त्रण व्यवस्थापनको व्यवस्था नमिलाइएको पाइएमा तोकिएको समयमा जानकारी नपठाएमा र वन डढेलो लागी उल्लेखित वन क्षेत्रहरुमा कुनैपनि किसिमको क्षती भएको पाइएमा यस कार्यालय बाट आवस्यक कार्वाहीका लागी सम्बन्धित निकायमा सिफारिस गरिने र यस कार्यालयबाट सा.व/धा. व लाई कुनै पनि सिफारिस, समन्वय, सहकार्य र सहयोग गर्न बाध्य नहुने व्यहोरा समेत जानकारी गराइन्छ । सुचनामा उल्लेख गरिएकाे छ । 
यस्ताे किसिमकाे सुचना जारि गर्ने कंचनपुरकाे पहिलाे वडा हाे । बनजंगलमा गर्मि समयमा आगलागी भई प्रतेक बर्ष अमुल्य क्षति हुने गरेेकाे छ ।
कंचनपुरका जंगलहरुमा आगलागी सुरुभैसकेकाे छ । कंचनपुरकाे शुक्लफाँटा नगरपालिका २ स्थित जानकि महिला मध्यवर्ती सामुदायिक वनउपभोक्ता समिति ढकनियामा आगलागि भएकाे छ । केही क्षेत्रमा लागेकाे आगाे बन समुहका मानिस लागेर नियन्त्रणकाे प्रयास गरेका छन 


#आगलागी #बहादुर महरा

प्रतिक्रिया