Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २० गते मङ्गलबार

महेन्द्रनगरमा खाध्य व्यापार कम्पनिकाे जग्गा खाली गर्न सुचना जारि भएपछि संघर्ष समिति गठन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वस पार्क पछाडिको आफ्नो जग्गा खाली गर्न सूचना जारी गरेपछि व्यवसायीहरुले संघर्ष समिति गठन गरी विभिन्न माग अघि सारेका छन् । नयाँ बजार संघर्ष समिति गठन गरी उनीहरुले आफूहरुलाई हटाउने सूचना रद्द गर्न पर्ने लगायतका मागहरु राखेर हटाउन खोजिए आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

तत्कालिन नेशनल ट्रेडिङ्गले १० वर्ष अघि भीमदत्त नगरपालिका ४ का महेश जोशीलाई झण्डै दुई बिगाहा जग्गा भाडामा दिएपछि बजार विस्तार गरिएको थियो । अहिले खाद्य व्यापार कम्पनी लि. स्वामित्वमा आएका जग्गालाई खाली गर्न  

नयाँ बजार संघर्ष समितिले सूचना रद्द गरिनु पर्ने, कम्पनी आफैले भाडा उठाउनु पहल गर्नु पर्ने, कम्पनीलाई भाडा नबुझाउने ठेकेदारलाई कारवाही, ठेक्का सम्झौता अनुसारको अवधि यथावत राखिनु पर्ने लगायतका मागहरु राखिएका छन् । 

नयाँ बजार संघर्ष समितिले नेपाल पत्रकार महासंघ लगायतका विभिन्न नियकामा बुझाएको ज्ञापनमा आफूहरुले महेश जोशीलाई जग्गा वापत ५० हजारदेखि २ लाखसम्म रकम दिएको खुलासा गरेका छन् । जोशीले व्यवसायीहरुबाट रकम लिएर निश्चित भाडा पसल टहरा बनाउन दिएका थिए । 

संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका , उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति, नेकपा विप्लव, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा नेपाल, भीमदत्त नगरपालिका वडा नं. ४ लाई ज्ञापन पत्रको बोधार्थ दिइएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>