Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत २२ गते बिहिबार

कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले लागुऔषध (खैरो हेरोइन) सहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार जिल्लाको भीमदत्त नगरपालिका- ४ बसपार्कस्थित सुदूरपश्चिम गेष्टहाउसबाट उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन साहु रहेका छन्। उनको साथबाट सिनियर सब-इन्सपेक्टर केशव जोशी नेतृत्वको लागुऔषध व्युरो महेन्द्रनगर शाखा कार्यालयको टोलीले ३४.१ ग्राम हेरोइन बरामद गरेको जनाएको छ।

यस्तै उनकै साथबाट भारतीय ८ हजार रुपैयाँ, एक थान मोबाईल पनि बरामद गरिएको छ। बसपार्कस्थित गेष्टहाउसमा ड्रग्स बिक्रिवितरण भैरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले अपरेसन सुरु गरेको थियो।

सोही क्रममा साहुले लगाएको ज्याकेटभित्र दाहिने खल्तीमा सेतो प्लाष्टिकभित्र लुकाई राखेको ५ थान (पुडिया) हेरोइन बरामद गरिएको हो। अहिले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


#खैराे हेराेईन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>