Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८० चैत २५ गते आइतबार

तिन दिनबाट भेटन प्रयास गर्दै थिए । आज बिहान पनी फोन गरिहाले हजुर वकिल पनि भेट्नु छ पालीका पनि जानु छ भेट्न पाए हुन्थ्यो । मैले एकै स्वरमा  हुन्छ भने । अनि भेट्न उनि बसेको नजिकै चिया पसलमा पुगियो । उनिले आफु समस्यामा परेको र भेट्न चाहेको बताएका थिए । म पनि हतारमा थिए मैले भने भन्नुहोस के समस्या हो के सहयोग गर्न सक्छु ?उनि आफ्ना कुरा राख्न हतारिएका थिए मेरो छोरा छोरी, छोरा मात्र ७ बर्षको मात्र के भनेका थिए उनको गला अबरुद्द भयो । केहि समय पछि मैले थपे अनि के भयो उनले भने केहि दिनबाट मेरो घरमा फोन लागिरहेको थिएन अनि छिमेकि को नम्बर खोजेर फोन गरेर भने मेरो घरमा फोन लाग्दैन के भयो उताबाट जवाफ आयो बच्चाहरु यही छन कुरा गर्नु उताबाट बाबु बोल्यो हामिलाई लिन आउनु आमा छैन ..... ।अनि म मुम्बई बाट तुरुन्तै घर आए घरमा श्रीमती छैन बच्चाहरु अलपत्र रहेछन अनि श्रीमति खोजिको लागी प्रहरी कहाँ निवेदन दिए गाउँ छिमेक सबै प्रयास गरे पाईएन । बच्चाहरु आफन्तकोमा राखे र काममा गए केहि दिनमा फेरी खोजि प्रयास गरेपछि एक होटल बालाले यतापनि आउने गरेको उ त उस्कोे (कसैको नाम) गर्लफ्रेण्ड हो भनेर बताए अनि प्रहरीकोमा छलफल भयो तर उनले आफ्ना बच्चा नहेर्ने र उसै भारतिय संग बस्ने बताईन साना साना छोरा छोरी छन हेर घर सम्हाल भनेर अनेक गरियो तर नमाने पछी म प्रहरीकोमा कागज गरेर फकिए ।दाजुभाईले पनि साना बच्चा हेर्न अप्ठेरो हुने बताए पछि बच्चा संगै लगेर मुम्बई गए । बिहानै खाना पकाएर काममा जाने साझ फर्किने गर्थे केहि दिन बिते तर एक दिन मेरा बच्चाहरु त बाहिर पसलहरुमा भिक माग्न जाने गरेको थाहा पाईयो अनि छोराछोरी हेरिदिने मान्छे खोजे म यसैगरी बच्चा हुर्काउदै थिए एकदिन कंचनपुर आए सोहि दोस्रो दिन म पक्राउ परे अनि मेरा असली दिन सुरु भए प्रहरिले भने जेल जाने कि घर जाने, घर जाने भए खर्च लाग्छ भने मैलेपनि बच्चा पाल्नु थियो भनेको माने तर म जेल पुगे अनि थाहा पाए मेरा छोराछोरी कि आमाले मुद्दा हालेर मलाई जेल पुगाईन । म जेल काटेर छोरा लगेर फेरी छोरा पढाउन मुम्बई गए तर मेरी छोरी कहाँ लगिन थाहाँ पाएन मेरी छोरीलाई के गराउदै छ, कहाँ छ ? छोरी पाए हुनेथियो ।उनले थप्दै भने म र मेरा दाजुभाईको घर जग्गा गुलरियामा छ सबै भारतमै काम गर्छौ मेरा २ कठ्ठा जग्गा मध्ये एक कठ्ठा त म जेल गएका बखत बेचिदिएछ । म नभई मेरो जग्गा कसरि बेचिएछ बर्षै बाट मेरा परिवार त्यहाँ बसेका हुन । त्यो बेचिएको जमिन मैलेपनि कसैबाट किनेको हो त्यस्मा गाउँ समाजका मान्छे कागजमा साछी बसेका छन । म नहुदा मेरो जग्गामा अरु कसरि बसे ? खान लाउन नपुगेर प्रदेशमा गएर छोरा पाल्दै छु यता भएको सम्पत्ति अकैले खाईदिने सरकारको के काम भनेर प्रश्न गरे । म काम गर्न भारत जानै पर्छ छोरा पाल्नु छ । यता बचेको जग्गा कस्ले फेरि कस्लाई बेचिदिने हो ?मैले तिनलाई वडा नम्बर सोधे तिनले छ नम्बर बताए पछि त्यहिनिर वडा अध्यक्षलाई फोन गरेर सोधे तर वडा अध्यक्षले ति मानिस चिनेनन् पछि थाहा भयो तिनि वडा ५ का वासिन्दा रहेछन ।  
यी मानिस न्याय खाेजिकाे चक्करमा रहेछन 

राम ब नेपाली संग समृद्धि पाेष्ट डट कमका सम्पादककाे  कुराकानीमा आधारित 


#राम ब. नेपाली

प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>