भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाटमा गाडी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको ज्यान गएको छ । सोमवार राति नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीसहित आठ जनाको ज्यान गएको र अन्य तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यम ‘हिन्दुस्तान टाईम्स’ ले जनाएको छ ।
ज्यान गुमाउनेमा नेपाली नागरिक ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल रहेका खबरमा उल्लेख छ । दुर्घटनामा भारतीय चालक राजेन्द्र कुमारको पनि ज्यान गएको छ । यस्तै दुर्घटनामा दुई जना नेपाली नागरिक शान्ति चौधरी र छोटु चौधरी घाइते भएका छन्, उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने र घाईते हुने भेरी अञ्चल बबईका बासिन्दा हुन ।
मृतकहरू बेतालघाटको जल जीवन परियोजनामा कार्यरत रहेका खबरमा उल्लेख छ । सोमवारको काम सकिएपछि नौ जना नेपाली कामदार रामनगर हुँदै चम्पावत जिल्लाको टनकपुरमा फर्कन चढेको जीप दुर्घटनामा परेको बेतालघाट प्रहरी कार्यालयका अधिकारीलाई उद्धृत गर्दै ‘हिन्दूस्तान टाइम्स’ ले लेखेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया