Samriddhipost
२०८१ कार्तिक ०७ गते बुधबार
महेन्द्रनगर
२०८१ बैशाख ०१ गते शनिबार

आज नयाँ बर्ष, सुदुरपश्चिममा विसु पर्व यस्ताे छ चलन

नयाँ वर्ष वि.सं. २०८१ सालको आज पहिलो दिन बैशाख १ गते । सुदूरपश्चिमका पहाडी समुदायले विसु पर्व मनाउँदै छन् । हरेक वर्ष बैशाख एक गतेलाई सुदूरपश्चिमेलीहरूले विसु पर्वका रूपमा मनाउने गर्छन् । खास गरी सुदूरपश्चिमका पहाडी ७ जिल्ला र यिनै जिल्लाबाट कञ्चनपुर र कैलाली बसाई सरी आएकाहरूले पनि नयाँ वर्षलाई विसु पर्वका रूपमा मनाउने गर्दछन् ।
 विसु पर्वमा मिठामिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन पनि रहेको छ । एकापसमा सिस्नु लगायो भने सबै विष नष्ट हुन्छ भन्ने जनविश्वास भएकोले यसो गरिने स्थानीय बताउँछन् । यो पर्वमा विशेष गरेर देवर-भाउजू, नन्द-भाउजू, साली-भिनाजुले सिस्नो लगाउने गर्दछन् । तर पछिल्लो समयमा यो प्रचलन लोप हुँदै गएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि सिस्नुलाई औषधीय गुण भएको बनस्पतिका रूपमा लिइन्छ । यसको स्पर्शले मात्रै पनि शरीरमा भएको विष नष्ट हुने मान्यता रहेको छ । 
यस्तै सुदूरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा आज पुत्ला खेल्ने बिसुलोडा चलाउने परम्परा रहेको छ । नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै विषहरू नष्ट होउन् भनेर विसुलोडा चलाउने मान्यता छ । यस समयमा सुदूरपश्चिमेलीहरूका घरघरमा लिपपोत तथा रंगरोगन गरी घर तथा विभिन्न शक्ति पीठहरूमा पनि पूजाआजा गरिन्छ । पढाइ तथा रोजगारको सिलसिलामा देशका अन्य सहर तथा विदेश गएका सुदूरपश्चिमेलीहरू विसु पर्व मनाउन कै लागि घर फर्किएपछि सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा विसुको चहलपहल झन् बढेको छ । 
 नेपाल सरकारले नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।


#नयाँ बर्ष # बिसु पर्व

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>