Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०३ गते सोमबार

जिल्ला लिग फुटबल प्रतियोगिताको आज उद्धघाटन

कञ्चनपुर जिल्लाको सदरमुकाम स्थित महेन्द्रनगरको खुलामञ्चमा आज देखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुनेभएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार जिल्ला लिग फुटबल प्रतियोगिता - २०८१ आज उद्धघाटन हुने कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव एवम् प्रतियोगिता संयोजक नितेश रावलले बताउनु भयो।

कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध जिल्लाका १३ क्लब मध्य 'जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१' मा ११ क्लबले सहभागिता जनाउने रावले बताए। आज पहिलो खेल डिफेन्डिङ च्याम्पियन क्लब दिप ज्योती युवा क्लब र अरनिको युवा क्लब पुनर्वास बिच बिहान ९ बजे हुने छ। भने दोस्रो खेल दिउँसो ४ बजे निङ्गलाशैनी विकास समाज र द ग्यालेक्सी युवा क्लब बिच प्रतिस्पर्धा हुने छ। जिल्ला लिग प्रतियोगिताको उद्धघाटन दिउँसो ३:३० बजे भीमदत्त नगरपालिका मेयर पदम बहादुर बोगटीले गर्ने कार्यक्रम रहेको छ।

प्रतियोगितामा च्याम्पियन हुने टिमलाई पुरस्कार दिने समेत घोषणा गरेको छ। जसमा विजेताहुने टिमलाई ५१ हजार १ सय ११, उपविजेता हुने टिमले २५ हजार ५ सय ५५ रुपैया र सेमिफाइनल पुग्ने टिमले सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया रहेको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>