Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०७ गते शुक्रबार

भिमदत्त१८ तिर्थ यात्रा गराउदै, जेष्ठ नागरिक खुसि ।

भिमदत्त १८ ले तिर्थ यात्रा गराउने चैत२७ गतेदेखि वैशाख २८ गते सम्म लाग्ने कुम्भ मेलाको अवसर पारेर भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकहरूलाई तीर्थ यात्रा गराउन लागेको हो यहि वैशाख९ गतेदेखि ४० जना महिला पुरुष जेष्ठ नागरिकहरूलाई कुम्भ मेलाको अवसरमा हिन्दु धर्म अनुसार विभिन्न मठ मन्दिरमा तीर्थ यात्रा गराउन लागेको १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले जानकारी दिएका छन् । 
तीर्थ यात्राको क्रममा लुम्बिनी,देवघाट ,जनकपुरधाम, चतरा धाम ,बराहा क्षेत्र हुँदै विभिन्न मठ मन्दिरमा पूजापाठ र आराधना गरी फर्किने योजना रहेको अध्यक्ष देवकाेटाले बताएका छन। उनले भने जेष्ठ नागरिकहरूको सम्मान, धर्मप्रति जेष्ठ नागरिकहरूको बढी सक्रियता देखिएकाले वडाबाट डेढ लाख रुपैयाँ छुट्टयाएर तीर्थ यात्रा गर्न लागेको बताए । 
७ दिनको तीर्थ यात्राबाट फर्किए लगत्तै निःशुल्क आँखा शिविर गरिने पनि उनले बताए। जेष्ठ नागरिकको तीर्थयात्रा सँग स्वास्थ्य सम्बन्धी हेरविचार गर्न स्वास्थ्यकर्मीको टोली पनि पठाईने  अध्यक्ष देवकोटाले बताए। जेष्ठ नागरिक १८ का वडा कमिटी अध्यक्ष चन्द्रप्रसाद चापागाईले  हाम्रो वडा कार्यालयले हामीहरुलाई समय समयमा सहयाेग गदै आएकाे बताउदै हामी जेष्ठ नागरिकहरू तीर्थ यात्रा गर्न धेरै  खुसी भएको र आगामी दिनहरूमा पनि वडा कार्यालयकाे सहयाेगकाे आशा छ  वडालाई धन्यवाद  दिएका छन। 
 जेष्ठ नागरिकहरूको मनोभावनालाई बुझेर तिर्थ यात्रा गर्न लागेको वडा सदस्य  हेम बहादुर बस्नेतले बताए उनले भने बजेट कमपरे पनि हामि आफै थपेर जान्छौं भने उत्सुकता देखाए पछि तीर्थ यात्रा गर्न लागेको बताए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>