Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ०७ गते शुक्रबार

बैतडीमा बिधुत  महशुल नतिर्ने ३ दलकाे लाई काटियाे

बैतडीमा बिजुलीको बिल नर्तिने पार्टी कार्यालयको  लाइन काटिएको  छ । ६  वर्षदेखि विद्युत् महसुल नतिरेपछि तीन वटा मुख्य राजनीतिक पार्टीको कार्यालयमा जडान गरिएको बत्तीको लाइन काटिएको हो ।

नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालयको लाइन काटेको हो ।

नियम अनुसार तीन महिनाभित्र विद्युत् महसुल बुझाउनुपर्ने भए पनि राजनीतिक पार्टीले छ वर्षसम्म बिजुली बालेर महसुल नतिरे पछि  बाध्य भएर लाइन काटिएको विद्युत् वितरण केन्द्र बैतडीका  प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

उनका अनुसार कांग्रेसले ४१ हजार, एमालेले १८ हजार र माओवादी केन्दले ४७ हजार विद्युत् महसुल तिर्न बाँकी छ ।  वितरण केन्द्रले नियम पद्धति अनुसार विद्युत् महसुल नतिर्ने राजनीतिक दलसहित १२२ वटा सरकारी कार्यालयको लाइन काट्ने सूची तयार परेको छ ।

महसुल नतिर्ने ती सरकारी कार्यालयबाट १७ लाख ५१ हजार ९१९ रुपियाँ र अन्य ग्राहकबाट ६५ लाख ९९ हजार ३२२ रुपियाँ गरी एक करोड रुपियाँ महसुल उठाउन बाँकी रहेको  नेपाल विद्युत प्राधिकरण विद्युत् वितरण केन्द्र बैतडीले जनाएको  छ  । 


#बिधुतकाे बिल नतिर्ने बैतडीका राजनितिक दल

प्रतिक्रिया