Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ०८ गते शनिबार

बेदकाेट वडा ८ बाचा पूरा गर्दै, गाउँ टाेलमै गएर सेवा दिने

कञ्चनपुरको बेदकोट नगरपालिका एक वडाध्यक्षले वडाका जनतालाई एकीकृत घुम्ती सेवा दिने भएका छन ।

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले आउँदो आईतबारदेखि एकीकृत घुम्ती सेवा दिने भएका हुन ।
वडाध्यक्ष जोशीले आफु निर्वाचित भएको २३ महिनामा गरेको कामकाजको समिक्षा सहित दुई दिने वडाबाट प्रदान हुने सबै सेवा जनताकै घरदैलोमा गएर दिने बताए ।

नेकपा एकीकृत समाजवादी बेदकोट नगरका अध्यक्ष समेत रहेका वडाध्यक्ष जोशीले आफ्नो कार्यकालमा गरेका कामकाज बारे जनतासंग समिक्षा, सुझाव संकलनदेखि आगामी आर्थिक बर्षको नीति, कार्यक्रम योजना बारे छलफल गरिने बताए ।

‘मैले चुनावका बेला जनतासंग गरेका बाचा अनुरुप दुई दिन जनताकै घरदैलोमा गएर सबै सेवा दिन्छौँ, ‘उनले भने, ‘जे जे वडाबाट सेवा दिन्छौँ, त्यही दुई दिन जनताकै घरमा पुगेर दिन्छौँ ।’

पुर्व विद्यार्थी नेता समेत रहेका वडाध्यक्ष जोशीले चालु शैक्षिक सत्र ०८१मा विद्यार्थी भर्ना अभियान संचालन भईरहेका बेला ‘सबै बालबालिका विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तीप्को सुनिश्चिता’ मुल नारा अघि सारेर शिक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएकाले सो अभियान समेत सफल पार्ने लक्ष्य रहेको बताए ।

आइतबार(९बैशाख) बिहान शुभकामना टोलदेखि शुरु हुने घुम्ती सेवा दिउँसो कञ्चन टोल, शिवशक्ति टोल, वडा हल र सोमबार(१०बैशाख)मा दिउँसो बैजनाथ टोल पुस्तकालय प्राङगमा त्रिवेणी चोकमा हुनेछ ।
जिल्लाका ९२वडामध्ये बेदकोट नपा ८ले यो पहिलो सेवा प्रदान गर्न थालेको जनाईएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>