Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ०८ गते शनिबार

नमस्ते शुक्लफाँटाकाे पाचौं कार्यसमिति चयन, अध्यक्षमा खड्का र बरिष्ट उपाध्यक्षमा जाेशी चयन ।

नमस्ते शुक्लफाँटा यातायात  प्रालीकाे पाचौं कार्यसमिति चयन भएकाे छ । शनिबार एक कार्यक्रमका बिच प्रालीले साधारण सभा गर्दै नयाँ कार्यसमिति चयन गरेकाे हाे । 
नयाँ कार्यसमितिले अध्यक्षमा सुरेश खड्का, बरिष्ट उपाध्यक्षमा कमल जाेशी, प्रशासन उपाध्यक्षमा ज्ञानेन्द्र बिष्ट, उपकार उपाध्यक्षमा अशाेक बैज, महासचिवमा दिपेन्द्र देउवा, काेषाध्यक्षमा गणेश सिह खत्री, सचिवमा गंगा दत्त अवस्थी,  सदस्यहरुमा कृष्ण भाट, प्रेेम साउद, गणेश सिह कार्कि चयन भएका छन ।
चाैथाे कार्यसमितिमा नरेश कुवर अध्यक्ष, सुरेश खड्का बरिष्ट उपाध्यक्ष र कमल जाेशी काेषाध्यक्ष रहेका थिए । 


पाचौं कार्यसमिति चयनपछी अध्यक्ष खड्का र बरिष्ट उपाध्यक्ष जाेशीले  पुर्व संस्थापक अध्यक्ष दिल ब कुवर, पुर्व अध्यक्ष सिद्घराज बाेहरा, समाजसेवी वीर सिह कार्कि र ब्यावसायी  गाेबिन्द धामीलाई एक कार्यक्रमका बिच खादा टीका सहित सम्मानित गरेका छन । 


पदभार ग्रहण गर्दै अध्यक्ष खड्काले भारतका हरियाणा, दिल्ली, गुडगाउ, हरिद्वार, देहरादुन रुटमा स्तरिय बस सेवा संचालनकाे लागि प्रयास गर्ने, देशभरका बिभिन्न रुटमा थप स्तरिय सेवा बिस्तार गर्दै यात्रा थप सुरक्षीत बनाउदै लैजाने, टिकट आदिमा ठगि दुर्व्यवहर गर्ने माथी तुरुन्त कार्वाहि गर्ने र यातायात सेवा थप भरपर्दाे बनाउने तयारि रहेकाे बताएका छन ।
यातायात क्षेत्रमा व्यापक सिण्डिकेट रहेकाे समय २०७३ सालमा नमस्ते शुक्लफाँटा यातायात प्राली खुलेकाे थियाे ।

 


#नमस्ते शुक्लफाँटा यातायात

प्रतिक्रिया