Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख ०९ गते आइतबार

विभिन्न पक्षसंगकाे सहकार्यमा स्वास्थ्य शिबिर मार्फत विकट गाउमा स्वास्थ्य सेवा दिदै अपिहिमाल

दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा डाक्टर सहितकाे चार दिने स्वास्थ्य शिबिर सञ्चालन भएको छ । 

स्वास्थ्य शिविरबाट  झण्डै ७ सय  जनाले  सेवा लिएका छन् । अपि हिमाल गाउँपालिकाले नेपाल फार्मेसी सङ्घ र सिपी अस्पताल धनगढीकाे सहकार्यमा  आयोजना गरेको स्वास्थ्य  शिविरमा ६ सय ९४ जनाले सेवा लिएका हुन् । चैत्र ३० बाट वैशाख ४ गतेसम्म सञ्चालित शिविरबाट ६९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका हन्  । 

अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा ४६५ महिला र २२९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएको स्वास्थ्य शिबिरका ब्यावस्थापमा रहेका सुवास बडूले बताएका छन ।  शिविरमा महिलाको उल्लेख्य सहभागिता थियो । 

शिबिरमा सिपि अस्पतालका डाकटर सागर कार्कि, डडेल्धुरा अस्पतालका डाक्टर राेसन कुमार साह, बैतडी अस्पतालका डाक्टर बिजय बस्नेत, सिपि अस्पतालका फार्मासिष्ट नवीन धामी, महाबैद्ध फार्मेशिका भरत सिह ऐर, गाेकुलेश्वरका फार्मासिष्ट धन ब रावल र ब्यावस्थापक गंगा भट्ट, सुवास बडू, गणेश ठेकरे, जय प्रकाश लाेथ्याल, राेहित कुमारर ठेकरे रहेेका थिए । 

ब्यावस्थापक बडूका अनुसार स्वास्थ्य शिबिरमा पालिकाकाे ओखल, खण्डेश्वरि र सिति गाउँमा शिबिर संचालन गरेकाे उक्त शिबरमा भिडियाे एक्सरे, औषधि सहितकाे सेवा रहेकामा अधिकाँस दाँतका बिरामि आएकाे बताएका छन । 

गाउँमै स्वास्थ्य सेवा पाएपछि खुसी लागेको स्थानीय देबकी बोहराले बताउनुभयो । दुर्गम पालिका अपि हिमालमा दुई वटा स्वास्थ्य चौकी र अन्य चार वटा सामुदायिक स्वास्थ्य केन्द्र र केही बर्थिङ सेन्टर सञ्चालनमा छन् । 

१० शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेकाले भवन निर्माण सम्पन्न भइसकेपछि पालिकाबाटै विशेषज्ञ चिकित्सकसहितको सेवा दिने तयारी रहेको पालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताएका छन । पालिका अध्यक्षले हालसम्म विभिन्न पक्षसंग सहकार्य गर्दै स्वास्थ्य शिविर आयोजना गरेर सेवा प्रदान गर्दैआएको छ ।


#अपि हिमालमा स्वास्थ्य शिबिर

प्रतिक्रिया