Samriddhipost
२०८१ बैशाख २३ गते आइतबार
महेन्द्रनगर
२०८१ बैशाख १३ गते बिहिबार

प्रहरीले दाईको हत्या गरेको आरोपमा उनका सहोदर भाईलाई पक्राउ गरेका छन् । भीमदत्त नगरपालिका–१ भासिका ३५ वर्षीय दिपक नेपालीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नै दाइ नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।
उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


#हत्या

प्रतिक्रिया