Samriddhipost
२०८१ बैशाख २२ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १३ गते बिहिबार

बेलडाँडीमा एकै घरका छ बाख्रामा आक्रमण तीन मरे

बेलडाँडी गाउँपालिका रौलेश्वर टोलमा एकै घरका छ बाख्रा मध्ये तीनको मृत्यु, तिन घाइते भेटिएका छन् ।

बुधबार राति करिब ११ बजेतिर बेलडाँडी गाउँपालिका रौलेश्वर टोलमा बस्ने गगी थापाको घरमा तीन बाख्राको मृत्यु र तिन घाइते भेटिएका हुन ।

गगी थापाका अनुसार," घरका सबै सदस्य छिमेकीको घरमा बिहेमा गएका राति ११ बजेतिर घर फर्कदा सबै बाख्राहरुलाई आन्द्राभुँडी निकालेको अवस्थामा भेटिएको बताएका छन् ।

थापाले भने," बाख्राहरुलाई कसले मर्यो त्यो थाहा भएन गाउँमा केही महिना अगाडि बाघ पसेको हल्ला अनुसार बाघले मारेको हो भन्ने आशङ्का रहेको छ ।"

उक्त घटना पछि स्थानिय बासिन्दाहरू गाउँमा बाघ पसेको भन्दै त्रसित भएका छन् ।


#बाख्रा आक्रमण

प्रतिक्रिया