Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १३ गते बिहिबार

कतार पठाउने हात्ती नेपालमै छन, फेक भिडियाे सामाग्रि सामाजिक संजालमा भाईरल

दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्ती खगेन्द्र र रुद्रकलीलाई कतार लैजाँदै भनेर भावुक गीत, धुन र ‘क्याप्सन’ लेखिएका ती भिडियो तपाईंले पनि देख्नु भएको होला । विभिन्न राजनितिक दलका नेता, पेशाकर्मि लगायतले पनि ‘रुद्रकली र खगेन्द्र ट्रक चढेर एयरपोर्ट जाँदै गरेकाे’ भन्दै लेखेर उक्त भिडियो सेयर गरेका छन् ।
 उक्त भिडियो धेरैले सेयर गर्दा भाइरल बनेको छ । कतार पठाउन लागिएको हात्तीलाई ट्रकमा राखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो र फोटो झुटो भएको थाहा भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिनुभएको जानकारी अनुसार ती हात्ती निकुञ्जभित्र पहिले राखिएको ठाउँमै छन् ।
कतार पठाउने प्रक्रिया पूरा नहुँदासम्म ती हात्ती निकुञ्जमै रहने उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा देखिएका ती हात्ती नेपालका नभएको पनि उहाँले जानकारी दिनुभयो ।थाइल्यान्डको एक फेसबुक पेजले उक्त भिडियो पहिलोपटक हालेको देखिन्छ । भिडियोमा देखाइएका ती तालिमप्राप्त हात्तीलाई ट्रकमा अन्य स्थानमा लगेको देखिन्छ ।
कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्तीलाई कतै पठाइएकै छैन । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी पूरा भए पनि कतारको तर्फबाट कानुनी तथा प्राविधिक कुरा नमिलाएको कारण कतारका राजा शेखसँगै ती हात्ती गएका छैनन् ।
ती खगेन्द्र र रुद्रकली नामका हात्ती निकुञ्जभित्रनै रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
यस्तै समस्या सामाजिक संजालमा आउन सक्ने भएकाले सामाजिक संजाल मात्र भर नपरि आधिकारिक संचार माध्यमका संजाल वा विधि प्रकृया अनुसार दर्ता रहेका अनलाइन र अरु संचार माध्यम हेर्नू आवश्यक हुन्छ ।


#दुवइ पठाउने हात्ति

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>