Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख १७ गते सोमबार

काठ चाेरि तस्करि गरेकाे भन्दै ठगुन्नालाई बैजनाथकाे ७ दिने सुचना

काठ चाेरि तस्करि गरेकाे भन्दै एक सामुदायिक बनले ७ दिने सुचना निकालेकाे छ । शुक्लफाँटा नगरपालीका वडा ८ स्थित  बैजनाथ सामुदायिक बन उपभाेक्ता समूहले नगरपालीका वडा ७ पिताम्बर घर भएका बिसन सिह ठगुन्ना (उर्फ बिस्ने) का नाममा ७ दिने सुुचना जारि गरेकाे छ ।
उक्त सुचनामा लेखिएकाे छ उपरोक्त बिषय सम्बन्धमा शुनपा-०७पिताम्बर टोल निवासी तपाईं श्री बिसन सिह ठगुन्ना (उर्फ-बिस्ने) को नेतृत्व/सहितको सँलग्नतामा यश सामुदायिक बन उपभोक्ता समुहको घाटगद्धि स्थल फुलेलिबाट गैरकानुनी तरिकाले चोरि/तस्करी गरि ओसारपसार गरेको साल जातको गोलिया काठको बारेमा सम्पूर्ण अनुसन्धान प्रकृया पूरा गरि, बिगो समेत बरामद गरेर तपाईं लाई सो घाटगद्धिबाट गोलिया काठ चोरि तस्करी कसुरमा दोषि प्रमाणित गरि दण्ड, जरिवाना समेत तोकिएकोमा तपाईं हालसम्म पनि फरार रहनु भएकोले साथै तपाईं को नाममा विभिन्न समयमा पत्राचार मार्फत जरिवाना बुझाउन उपस्थित हुन जानकारी दिएकोमा तपाईं नियमानुसार उपस्थित नभइ फरार नै रहेको जानकारी मा आएको ले यो सार्वजनिक सुचना प्रकाशित भएको मितिले (७) दिनभित्र यश कार्यालयमा उपस्थित हुन जरिवाना रकम बुझाउन हुन जानकारी को लागि यो सार्वजनिक सुचना प्रकाशित गरिएको छ। (७) दिनभित्र उपस्थित हुन नआएको खण्डमा प्रचलित कानुन बमोजि हुनेछ ।
समूहका अध्यक्ष बहादुर सिह महराले सुचनामा हस्ताक्षर गरेका छन । 
यश बन बाट काठ चाेरि तस्करि भई स्थानिय एक काठ मिलमा काठ फेला परेकाे थियाे ।

 


#काठ चाेरि तस्करि

प्रतिक्रिया