Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २० गते बिहिबार

सालघारीका मजदुर भने, स्थाइ बसाेवास चाहियाे

खडक ब. काेली-

कञ्चनपुरको भीमदत्त नगरपालिका सालघारी–भगतपुरमा बस्दै आएका मजदुर, श्रमिक वर्ग सुकुमबासी, भूमिहिन समुदायले स्थायी बसोबासको माग अघि सारेका छन । बुधबार १३५औँ अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाउँदै दैनिक श्रमिक गरेर गुजारा चलाउँदै आएका भीमदत्त नगरपालिका १८ सालघारी–भगतपुरमा बस्दै आएका मजदुर, श्रमिक वर्ग सुकुमबासी, भूमिहिन समुदायले स्थायी बसोबासको माग अघि सारेका हुन । 
उनीहरुले राज्यले एकातिर आफुहरुको न्यायिक तथा संविधानमै उल्लेख भएको बुँदा कार्यान्वयन नगरेर कष्टकर जिवन विताउन बाध्य भएको र अर्कातिर बस्ती खाली गर्न भन्दै त्रसित बनाउन माईकिङ्ग गरेर श्रमिकको वर्गमाथि दमन गर्न खोजेको भन्दै आपत्ति जनाएका छन । 
श्रमिक मजदुर सुकुमबासी, भूमिहिनहरुले गरिखाने विपन्न गरिबमाथि सरकारले शोषण गर्न खोजेको र वास्तविक ठाँउठाँउमा जायजेथा जमिन भएर पनि सरकारी जमिन हडप्नेलाई सरक्षण गरेको आरोप लगाएका छन । आफुहरुको कहिकतै घर, जमिन नभएर बाध्य भएर झुपडीमा बसेर दैनिक ज्याला मजदुरी गरेर दिनचर्या चलाउँदा शासक वर्गले आफ्नो बस्तीमा गिद्दे नजर लगाएैको समेत दुखेसो पोखेका छन । 
वास्तविक श्रमिक मजदुरको पक्षमा नभई सरकारले दिवस पनि सरकारी कर्मचारीसंग मिलेर मनाउनु हास्यास्पद भएको बजेट सक्नका लागि नाटक गरेको उनीहरुको टिप्पणी छ । 
वास्तविक रुपमा बिहान उठेर राती नसुत्दासम्म श्रम गरेर गुजारा चलाउँदै आएका श्रमिक गरिब, विपन्न, सुकुमबासी, भूमिहिनको हकहित भन्दा हुनेखानेतर्फ नै सरकार देखिएको भन्दै दुखेसो पोखेका छन । कसरी गरिखाने वर्गको समाजिक आर्थिक बृद्धि विकास भन्दा पनि गरिबमाथि दमन धनीमाथि चाकरी गर्ने सरकारी प्रवृति हावि हुँदा सरकार पनि धनीतिरै दिवस मनाउन मार्बल बिछाएका भवनमा केन्द्रीत भएको हुँदा सरकार र सरकारमा रहेका कर्मचारी गरिब मजदुरको पक्षमा नभएको दावि गरेका छन । कार्यक्रममा श्रमिक मजदुर नेता आनन्द सिह धामीले बषौँदेखि बस्दै आएका सुकुमबासी, भूमिहिन, श्रमिक मजदुर वर्गको समाजिक न्यायमा जोड दिए । उनले सुकुमबासीको हकहितका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । अर्का मजदुर नेता लाहानु चौधरीले मजदुर, सुकुमबासी बस्तीमाथि कसैले कुचेष्टा गरे त्यस बिरुद्धमा जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए । मजदुर नेता राजु नेपालीले थप संघर्षका कार्यक्रम संचालन गर्ने बताए । 
कार्यक्रममा एमाले नेता समेत रहेका मजदुरका नेता महेश पन्तले समेत मजदुर वर्गमाथि गरिने जस्तोसुकै दमन अत्याचार सहन नसकिने बताए । उनले सालघारी, भगतपुर बसेका श्रमिक सुकुमबासी मजदुरको स्थायी बसोबासको प्रबन्ध हुनुपर्नेमा जोडदिए । माओवादी मजदुर नेता पदमराज जोशीले मजदुरमाथि दमन, शोषण र अत्याचार गर्न नपाईने बताए । उनले मजदुरको हकहितका लागि संघर्ष गर्ने बताए । 
कार्यक्रममा पुर्वराज्यमन्त्री उर्वादत्त पन्तले कञ्चनपुरका सुकुमबासी, भूमिहिन, श्रमिक वर्गलाई जमिनमा मालिक बनाउनुपर्नेमा जोडदिए । उनले मजदुरको हकहितका लागि संविधानमा उल्लेख भएका बुँदाहरु कार्यान्वयन गर्नुपर्ने बताए । उनले हिड्ने सडकदेखि उडने जहाज बनाउने मजदुर नै भएकाले उनीहरुको न्यायका लागि सबैले सहयोग गर्नुपर्नेमा जोडदिएका छन । 

 


#सालघारि

प्रतिक्रिया