Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २० गते बिहिबार

अपिहिमाल गाउँपालीकामा आँखा शिविर सुरु ।

अपिहिमाल गाउँपालीकामा आँखा शिविर सुरु भएकाे छ । पालीका स्थित खण्डेश्वरि स्वास्थ्य चाैकिमा  साझा दृष्टि नेपाल vision together Nepal काे आयाेजनामा आँखा शिविर कार्यक्रम उद्घाटन बुधबार गरिएकाे छ । 
आँखा शिविर बुधबार ५ र ६ वडाकाे नागरिकको लागि ओखलमा ,बिहिबार खण्डेश्वरीमा र भाेली शुक्रवार सिती स्वास्थ्य चाैकीमा संचालन हुने पालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराले बताएका छन । 
अध्यक्ष बाेहराले शिविर संचालन गर्न काठमाडौंबाट आएका साझा दृष्टि नेपालका अध्यक्ष साकार सुवेदी लगायत सबै टिमलाई धन्यवाद दिएका छन  । शिविरमा सेवालिन सबै नागरिक हरुमा हार्दिक अनुरोध गरेेका छन ।

पालिका अध्यक्षले विभिन्न सराेकारबाला संघ संस्था संग सहकार्य गरेेर स्वास्थ्य लगायतका कार्यक्रम गर्दै आएका छन । केहिदिन पहिला स्वास्थ्य शिविर गरर करिव एक हजार जतिलाई सेेवा दिएका थिए ।


#अपि हिमालमा आँखा शिबिर

प्रतिक्रिया