Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २१ गते शुक्रबार

वनहरुमा दाेहरा उपभाेक्ता कायमै, काठ बढि काटेकाे आराेप, वनकर्मि बिरुद्ध अख्तियारमा उजुरी

कंचनपुरमा रहेका सामुदायिक वन उपभोक्ता समुहहरुमा दाेहरा उपभाेक्ता सदस्य कायम रहेका देखिएका छन । कंचनपुर जिल्ला अन्तर्गत रहेका विभिन्न सामुदायिक वनमा यस्ताे समस्या रहेकाे बताईन्छ । एक वनमा सदस्य रहेकाे उपभाेक्ता अर्काे वनमा उपभाेक्ता सदस्य नहुनु पर्ने ब्यावस्था भए पनि यहाँ यस्ताे अवस्था कायम रहेकाे वन समूह का पदाधिकारि स्वयं स्वीकार गर्दछन ।


शुक्लफाँटा नगरपालीका ८ स्थित रहेकाे  सुनदेबी महिला सामुदायिक वन समूहका अध्यक्ष भिम बहादुर खडायतले स्थापना काल देखि दाेहराे तेहराे सदस्यता रहेकाे छ । २८३ उपभाेक्ता मध्ये ३०-३५ जना दाेहराे उपभाेक्ता छन । डिभिजन वनले हटाउन पत्राचार गरेकाे छ । स्थापना काल देखि भएकाले हटाउन आफुलाई गार्हाे रहेकाे भएकाे बताएका छन ।
यसैगरि अरु घेरैजसाे वन समुहले समेत सदस्यता दाेहराे रहेकाे स्विकार गर्दछन ।


यस्तै कंचनपुरकाे कृष्णपुर स्थित हरियाली सामुदायिक वन उपभाेक्ता समूहले सात हजार आठ सय छपन्न क्युफुट साल, असना बाउन्न दशमलव नाै चार र दाउरा २० चट्टा जति कटान अनुमति लिएकाे डिभिजन वनकाे रेकर्डमा छ । यस्तै वनले समुहले करिव हजार क्युफिट काठ बढि काटेकाे नाम नखुलाउने सर्तमा स्थानियले आराेप लगाएका छन, यश,बारेमा समुहका अध्यक्ष नित्यानन्द जेठारा संग 9865829611 नम्बरमा सम्पर्क गर्दा स्विच अफ छ ।
यस्तै सुनदेवी सामुदायिक वनमा साल ८०६, सिसम १५० क्युफिट काठ  दाउरा अढाई चट्टा कटान अनुमति रहेकाे वनकाे रेकर्डमा छ तर यहाँ पनि करिव पाँच सय क्युफिट काठ बढि काटिएकाे  बताईन्छ । वन समुहका अध्यक्ष भीम बहादुर खडायतले अनुमानित नाप अनुसार काट्नुपर्ने भएकाेले केही बढि काटिएकाे साल १२८ र सिसम ३० क्युफिट बढि काटिएकाे बताएका छन ।
यसैगरि भगवती सावले साल १७०९, सिसै ५३०, खयर १०३० क्युफिट र दाउरा करिव ५  चट्टा अनुमति लगेकामा साल १७०७,सिसै ६२०, खयर १०१८ क्यूफिट र दाउरा ३ चट्टा काटेकाे रेकर्ड दिएकाे डिभिजन वनमा जानकारी छ ।
यस्तै शुक्लफाटा ११ काे वसन्त सामुदायिक वन ले कर चुक्ता नगरेकाे अवस्थामा समेत साल ५५४५, असना १११७ क्युफिट काट्ने अनुमति दिएकाे छ । यसरी कर समेत चुक्ता नगर्नेलाई कटानी काम कार्वाहि गर्न अनुमति दिन नहुने भएपनि ठगि नगर्ने काम काज गर्न सम्म उपभाेक्ता संग आय नभएकाे भन्दै अनुराेध गरेपछि काठ कटानी आदेश दिएकाे र उपभाेक्ताले काठ उठाए पछि कर लगायत प्रकृया क्लियर विश्वासमा कटानी आदेश दिएकाे डिभिजन वन याेजना शाखाका अधिकृत सुवास कुवर बताउछन ।


यसरी वनमा काठ कटानी हुने अवस्थामा विवादित  काम किन हुदैछन भनेर डिभिजन वन कार्यालयका प्रमुख डियफओ भीम प्रसाद कडेल संग सम्पर्क गर्दा वहाले वनहरुले दाेहराे उपभाेक्ता राख्न नपाउने र यस्ता उपभाेक्ता हटाएर कार्ययाेजना बुझाउन भनेका छउ सबै उपभाेक्ता आफुले चिन्न कठिन रहेकाे बताउछन ।
यसैगरि काठ बढि काटिएकाे आराेप आएजति काठ काटिएकाे जानकारी नभएकाे, काठ केही बढि देखिएकाे छ त्याे फर्मुला नयाँ आएर पनि हाे, रुखकाे उचाई अनुमानित रुपमा तयार पार्नुपर्ने भएकाेले १० प्रतिशत सम्म काठ कम बढि हुने र छपान गरेकाे रुख भन्दा काठ बढि नकाटिएकाे डियफओ कडेल बताउछन ।


अख्तियारमा पर्याे उजुरि


डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेल सहितका वन कार्यालयका कर्मचारी सामुदायिक वनका पदाधिकारी बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छ ।
मिलोमतोमा काठ कटानीमा अनियमितता भएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख कडेल सहित सव डिभिजन वन कार्यालय शुक्लाफाँटाका प्रमुख भोजराज शर्मा, सुनदेवी सामुदायिक वनका अध्यक्ष भीम बहादुर खडायत बिरुद्धमा उजुरी परेको हो ।
बिहीबार उनीहरु बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको कार्यालयमा बेनामी उजुरी परेको जनाईएको छ ।
अख्तियारमा दायर भएको आरोप पत्रमा चालु आर्थिक बर्ष ०८०÷०८१मा डिभिजन वन कार्यालय प्रमुख कँडेल, शुक्लाफाँटा सव डिभिजन प्रमुख शर्मा र सुनदेवी महिला सामुदायिक वनका अध्यक्ष खडायतको मितोमा साल जातको काठ स्वीकृत भन्दा ५सय क्युफिट अनुचित तरिकाले काटेर घाटगद्दीमा राखेको आरोप लगाईएको छ ।


शुक्लाफाँटा नगरपालिका ११ स्थित बसन्त सामुदायिक वन उपभोक्ता समुहले गत आर्थिक बर्ष ०७८÷०७९मा हालसम्म कर नतिरेको अवस्थामा पनि कानुन बमोजिम कर चुक्ता गरी मात्रै कटान आदेश दिनुपर्नेमा कर चुक्ता नगरी कटान आदेश दिएर आर्थिक चलखेल गरेको दोस्रो आरोप लगाईएको छ । कलुवापुरकै कृष्ण सामुदायिक वन बिरुद्धमा जिल्ला अदालत, उच्च अदालत महेन्द्रनगरमा मुद्दा विचारधिन रहेको अवस्थामा गैर कानुनी तरिकाले नयाँ कार्य समिति गठन गरेर आर्थिक चलखेल गरेर स्वीकृत कटान विपरित ७ हजार क्युफिट साल जातको काठ अनुमती दिएको आरोप छ ।
जिल्लाभरीका अधिकाँस सामुदायिक वनहरुमा दोहोरो, तेहोरो धरधुरी उपभोक्ता रहेको र दोहोरो घरधुरी सदस्यता हटाउन पटक पटक डिभिजन वन कार्यालय कञ्चनपुरलाई अनुरोध गर्दा पनि दोहोरो घरधुरी सदस्यता नहटाएको गुनासो छ । चालु आर्थिक बर्ष कञ्चनपुरमा सामुदायिक वनमा काठ कटानी बिक्रि वितरण खुलेसंगै कमिसनदेखि बेथिति मच्चिएको भन्दै उपभोक्ता समेत हैरान भएका छन ।वनका कर्मचारी एव सामुदायिक वनका पदाधिकारीहरुले आफुहरु बिरुद्धमा परेको उजुरीमा सत्यता नभएको जनाएका छन ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेलले यसबारे आफु बिरुद्धमा अख्तियारमा उजुरि परेकाे जानकारी नभएकाे बताएका छन । 
 

 


#डिभिजन वन # सामुदायिक वन

प्रतिक्रिया