Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २१ गते शुक्रबार

कंचनपुरकाे एक गाउमा आगलागी हुदा २ घर जलेर नष्ट

कञ्चनपुरको बेलडाँडी गाउँपालिका बैवाहमा आगलागी भएकाे छ ।  वडा नम्बर ४ बैवाह बस्ने जैसी बुढाको घर नजिक बच्चाहरू प्लास्टिक जलाई आगो खेलिरहेको अवस्थामा एक्कासि हावाहुरीले आगो उडाई दुई तले चार कोठे खरले छाएको घर र सँगै टाँसिएको टिनले छाएको दुई तले दुई कोठे दुई वटा घरमा आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा वर्तन,लत्ता कपडा, नागरिकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामानहरू गरी अन्दाजी रु. ७ लाख २२ हजार २५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहीबार साँझ लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय तथा पशु चौपायाको क्षति भने नभएको बताइएको छ । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया