Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २१ गते शुक्रबार

मुख्यमन्त्रीले विश्वासकाे मत पाउने नदेखिएपछि प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख भीमबहादुर भण्डारीले भने, ‘प्राविधिक कारण आजको प्रदेशसभाको बैठक हुँदैन । भोलिसम्म हुने सम्भावना देखिन्छ । जुन कारण आज प्रदेशसभाको बैठक स्थगित भएको छ ।’ 

एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरिएकोले तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन नसक्ने अडानमा बसेको छ । एमालेले विश्वासको मत नदिएको अवस्थामा बहुमत नपुग्ने भएपछि विश्वासको मतको लागि शुक्रबार आह्वान गरिएको बैठक स्थगित गरिएको हो ।

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पनि शुक्रबार विश्वासको मत नदिने स्पष्ट पारे ।

संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै विश्वासको मत नदिने बताएका हुन् ।

उनले भने, ‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नुपर्ने बेला छैन । बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन । किन हतार गर्नु ?’


#दिर्घ साेडारि

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>