Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २२ गते शनिबार

बझाङ बाट नव निर्वनचित सान्सदकाे सफथ नहुदै विश्वासकाे मत लिने तयारिमा मुख्यमन्त्री साेडारि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
हिजो साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो । ८ बजेको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको हो ।
आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह पछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमाले भने थप चिढिएको छ । शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए ।
‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’
बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।बझाङमा हाम्रो एक जना सांसदको बुवाको निधन भएको १५ दिन पनि बितेको छैन । ‘उहाँले धनगढी आउन दिनुपर्दैन ’ ,रावल भन्छन्, ‘कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन । ’
हिजो तत्काल केन्द्रीय नेतृत्वसँग परामर्श नगरी विश्वासको मत नदिने बताएपछि तत्काल आजको लागि बैठक राख्दा पनि आफूहरूसँग छलफल भएको भन्दै रावलले भने, ‘यसरी मननौजी गरेर हुन्छ । यो गठबन्धनको सरकार हो । सबै दलसँग सल्लाह गर्नु पर्छ । कसैले एकलौटी भन्दैमा विश्वासको मत दिने भन्ने हुँदैन ।’
आज आफूहरू जिल्लामा नहुने भनेर मुख्यमन्त्रीलाई र सभामुखलाई जानकारी गराउँदा पनि विश्वासको मत दिनको लागि बैठक आह्वान गरेको प्रति उनले रुष्टता व्यक्त गरेका थिए ।


#मुख्यमन्त्री साेडारि

प्रतिक्रिया