Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८१ बैशाख २२ गते शनिबार

कंचनपुर ब्याटम्यान्टिन भट्ट नेतृत्वमा, आठ खेलाडी सम्मानित

कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा राहुल भट्ट चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको कंचनपुर जिल्ला ब्याडमिन्टन २३ औं साधारण सभा तथा १४ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा भट्ट चयन भएका हुन ।


उपाध्यक्षद्वय दिल बहादुर धामी, खडक बहादुर शाह, सचिव पुष्कर राज भट्ट, कोषाध्यक्ष पवन जोशी, सदस्यहरु धिरज बहादुर चन्द, गोपाल सिह शाह, रविन चन्द, सुरेश पन्त रहेका छन ।
कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा चयन भएका राहुल भट्टले ब्याडमिन्टनको बृद्धि विकासका लागि संस्थागत कार्यक्रम संचालन गरेर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।


आठ जना खेलाडि सम्मानित 


कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघले खेलकुदको क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै नेपाल भलिबल संघका बरीष्ठ उपाध्यक्ष, पूर्व राखेप सदस्य हरक सिंह धामी लगायत ८ जनालाई सम्मानित गरीएको छ । शनिवार कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको २३औँ साधारण सभा र १४आँै जिल्ला अधिवेशनको उपलक्ष्यमा खेलकुदलाई माथी उकास्न खेलकुदको सर्वाङगिण विकासका लागी गरेको योगदानको कदर गर्दै ९ जनालाई सम्मानीत गरिएको हो ।
विगत लामो समयदेखी कञ्चनपुरमा खेलकुकदको क्षेत्रमा पुय्राएको योगदान अविस्मरणिय रहेको र विषेश गरेर ब्याडमिन्टन खेलको विकास र खेलाडी उत्पादनमा गरेको योगदान उच्च कदर गर्दै धामीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले सबै सम्मानित हुनुहुने व्यक्तीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
सम्मानित हुनेमा भलिबल प्रशिक्षक जगदिशप्रशाद भट्ट, कबड्डी प्रशिक्षक विष्णुदत्त भट्ट, सुदूरपश्चिम प्रदेश ब्याडमिन्टन संघ उपाध्यक्ष सिद्धराज भट्ट रहेका छन् । यस्तै, बक्सिङ खेलका ओलम्पियन डम्बरदत्त भट्ट ब्याडमिन्टनको विकासमा पुय्राएको योगदानको कदर गर्दै पूर्व अध्यक्ष लक्ष्मी दत्त पाण्डेय, हरिश थापा, सञ्जिवचन्द्र भट्ट र ब्याडमिन्टन विकासमा सहयोग गरेकोमा डम्बरदत्त भट्टलाई सम्मान गरिएको छ ।


#ब्याटम्यान्टिन

प्रतिक्रिया