Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २६ गते बुधबार

महेन्द्रनगरका ठुला अतिक्रमणकारि हटाउन क्रान्तिकारीकाे ध्यानाकर्षण । सानालाई ऐन ठुला लाई चैन भयाे ।

तत्कालीन महेन्द्रनगर नगर बिकास समितिकाे जमिन अबैध रुपमा अतिक्रमण गरेका ठुला अतिक्रमणकारिकाे अबैध संरचना हटाउन क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल जिल्ला समिति कंचनपुरले प्रमुख जिल्ला अधिकारिमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
बुधवार पार्टिका जिल्ला संयाेजक समेतका नेताहरुले प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधीकारिलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन ।
 
भीमदत्त नगर विकास समिति को जमिन घोटला तथा अबैध लिज प्रकरणका विरुद हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल आमरण अनसन देखि लिएर विभिन्न खालका संघर्ष गर्दै आएको र अहिले पनि सँघर्षरत रहेको कुरा आम कञ्चनपुर वासि जनसमुदायमा अवगत नै छ ।
पत्रमा पार्टी को निरन्तर संघर्ष पश्चात् सम्बन्धीत निकाय भीमदत्त नगर विकास समितिले केहि अबैध संरचनाहरु खाली गराउन, नगर विकास समितिको स्वामित्व मा रहेको भनी भित्तेलेखन गरेको छ, तर  ठुलठुला अतिक्रमणकारी हरु होटेल ओपेरा,भानु पार्टी प्यालेस,काष्ठमिल बिभिन्न राजनितिक दलका व्यक्तित्वहरुले  गरेको अतिक्रमण लगायतका क्षेत्रहरुमा भने हात हाल्न  सम्बन्धीत निकाय आफैमा त्रसित देखिएको बिषय प्रति हाम्रो पार्टी को गम्भिर ध्यानाकर्षण भएको छ उल्लेख छ।
 ठुलठुला अतिक्रमणकारीहरु को सम्पति सरकारको स्वामित्व मा ल्याउने गरी तत्काल उक्त अबैध संरचना भत्काउने कार्य अगाडी बढाउन पार्टी जिल्ला प्रशासन प्रमुख समक्ष जोडदार माग गर्दछ । 
अतिक्रमणकारीहरु लाई संरक्षण गर्ने अब उप्रान्त कुनै थप गतिविधी देखिएमा हाम्रो पार्टी जनसहभागिता सहित को जनसंघर्ष गर्न बाध्य हुने र उक्त संघर्षबाट हुन जाने क्षतिको जिम्मेवार सम्बन्धीत निकाय नै हुनेकुरा यसै ध्यानाकर्षण पत्र मार्फत जानकारी गराँउदै सार्वजनिक सम्पति को रक्षाका लागि सम्पुर्ण न्यायप्रेमि तथा देशभक्त कञ्चनपुर बासी जनसमुदाय लाई हार्दिक आवहान गर्दछौँ । उक्त पत्रमा उल्लेख गरिएकाे छ ।
केहिदिन पहिला प्रशासन लगायतका निकायकाे सक्रियतामा महेन्द्रनगरकाे यातायात ब्यावस्था कार्यालय सडकमा रहेका संरचना हटााएकाे थियाे भने बाकि संरचनामा नगरबिकासकाे सम्पत्ती उल्लेख गर्दै आफ्नाे नियन्त्रणमा लिएकाे छ । यस्तै खाध्य ब्यावस्था कम्पनी र बाल मन्दिर लगायतका जग्गा खाली गराई रहदा । ठुला भनिएका संरचना बारे कुरा नगर्दा आम मानिसमा सानालाई ऐन ठुलालाई चैन हाे कि भन्ने अवस्था देखिएकाे क्रान्तिकारिका नेता दिपेन्द्र ऐरिले बताएका छन ।


#महेन्द्रनगर नगर बिकास

प्रतिक्रिया