Samriddhipost
२०८१ जेठ ०७ गते सोमबार
महेन्द्रनगर
२०८१ बैशाख २७ गते बिहिबार

कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्याक्टरसहित मजदुर थुनिएका छन्।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधवार साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७÷२८ जना चालक र मजदुर टापुमा फसेका हुन् अहिले महाकाली नदिमा बनेकाे चारलेनकाे पुलकाेे कामका लागि महाकालीकाे पानी थुन्ने गरिएकाेे छ । 
प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ/तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन्।

सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ। फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले जानकारी दिए।

प्रतिक्रिया