Samriddhipost
२०८२ फागुन २२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०२ गते बुधबार

दोधारा चाँदनीका वडाध्यक्ष रोकाया जुटे सडक विस्तारमा, वडालाई सडक सञ्जालमा जोड्दै

स्थानिय तहले जनप्रतिनिधी पाएसंगै दोधारा चाँदनीका गाँउ, घरका साँगुरा तथा बन्द भएका सडक खुल्नुको साथै नयाँ सडक तथा विस्तार भईरहेका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वर्षौ देखि बन्द रहेका तथा साँगुरा सडक स्थानिय तहका जनप्रतिनिधीले सहमतीबाट खोलीरहेका छन् । जनप्रतिनिधिको पहलमा बन्द तथा नयाँ सडक खोल्ने काम भईरहेको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताए । दोधारा चाँदनी नगरपालिका– ८ का बिभिन्न टोल बस्तीमा पक्की सडक निमार्ण तथा नयाँ सडक खोल्न कार्य भईरहेको वडाध्यक्ष रोकायाले बताएका छन् । निर्वाचनको बेला नेकपा एमालेबाट टिकट पाएर २०७४ सालमा वडाध्यक्ष पदमा बिजय भएका ओंमप्रकाश रोकाया यस पल्टको निर्वाचनमा समेत वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

वडालाई सडक सञ्जालबाट जोड्न बिगतका दिनहरु देखि वडाध्यक्ष रोकायाले बिभिन्न कार्यहरु गर्दै आएका छन् । अहिले ५ सय मिटर नयाँ बाटो संचालनमा ल्याउन वडाध्यक्ष ओंमप्रकाश रोकाया कस्सीएका छन् । वडाको गौडीटोलमा रहेको भक्त बहादुर पुनको घर नजिकबाट पश्चिम तर्फ भिम सिंह थापाको घर हुदै उत्तर तिरको बिन्दा थापा र दक्षिण तिर राम बहादुर थापाको जग्गा सम्म झण्डै ५ मिटर नयाँ बाटो खोल्न थालेपछि स्थानियबासी खुशी भएका छन् । बाटोको अभाव झेल्दै आएका उक्त टोलका स्थानियहरु वडाको सञ्जालमा जोडिन थाले संगै खुशियाली छाएको हो । 

वडाको समग्र विकास गर्न सडक अति आवश्यक भएको बताउदै सडक निमार्ण कार्यलाई प्राथमिकता दिदै आएको वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताएका छन् । उनका अनुसार वडाका मुल सडक तथा शाखा साँगुरो सडक तथा नयाँ सडक बिस्तार गर्ने कार्यलाई प्राथमिकता दिदै आएको उनले बताएका छन् । ‘गाँउको विकासका लागी यातायात पुग्नु आवश्यक छ, बाटो विस्तार पछि गाँउमा कृषि तथा अन्य कार्यक्रम सञ्चालन हुन्छन्’ उनले भने । आफु निर्वाचित भएदेखि वडाका सबै गाँउ तथा टोलमा दमक, एम्वुलेन्स लगाएका यातायात साधन पुर्‍याउने लक्ष्य लिएर काम गरिरहेको उनले बताए । 

 


#ओम प्रकाश राेकाया

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>