Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०२ गते बुधबार

कृष्णपुरमा फेरि वन काटियाे, भेटियाे काठ
फायल तस्बिर

कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणीमा रहेको ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया(काठ) बरामद गरेको छ । सव डिभिजन वन कार्यालय वाणीको टोलीले ग्वालावारी सामुदायिक वनबाट काठ बरामद गरेको हो ।

बुधबार वनको टोलीले ग्वालावारीबाट काठ बरामद गरेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले लुकाईराखेको अवस्थामा सालका गोलिया बरामद गरिएको बताए ।

‘अहिले हामीले कति काठ हो भनेर एकिन गर्न सकेका छैनौ, ‘उनले भने, ‘अहिलेसम्मको जानकारी अनुरुप १५/१६थान सालका गोलिया हुन भन्ने आएको छ ।’
उक्त अवैध काठ बारे थप अनुसन्धान गरिने उनले बताए ।

कृष्णपुरका सामुदायिक वनबाट अवैध काठ बरामददेखि अध्यक्ष, सचिव स्तरकै पदाधिकारी काठ काण्डमा पक्राउ प्रकरणले मिलोमतोमै काठ कटानीदेखि बिक्रि वितरण हुने स्थानीयको दावि छ । स्थानीयले वनकै केही कर्मचारीको मिलोमतोमा सामुदायिक वनका अवैध काठ कटानी हुने र त्यो अवैध काठ बार्किनिङ्ग नमिलेपछि बरामद गर्ने मानिस पक्राउ गर्ने आरोप छ ।

उद्यपी तथ्य हेर्दा वन कार्यालयले अवैध काठ बरामददेखि संलग्नलाई कार्बाही गर्दै आएको छ । कृष्णपुरका सामुदायिक वनमा काठ चोरी तस्करी नरोकिएपछि सर्वत्र कतै सेटिङ्गमै हुन लागेको होकी भनेर नागरिकले शंका गरिरहेका छन ।

एक पछि अर्को सामुदायिक वनबाट अवैध काठ बरामद देखि पदाधिकारी पक्राउ प्रकरण काठ चोरी तस्करी गरेर धनगढीका सःमिलहरुमा बिक्रि वितरण हुने प्रवृति हावि भएपछि कृष्णपुरका वन रित्तिन लागेको सरक्षणकर्मीहरुको चिन्ता छ 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>