Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ जेठ ०२ गते बुधबार

कृष्णपुरमा फेरि वन काटियाे, भेटियाे काठ
फायल तस्बिर

कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणीमा रहेको ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया(काठ) बरामद गरेको छ । सव डिभिजन वन कार्यालय वाणीको टोलीले ग्वालावारी सामुदायिक वनबाट काठ बरामद गरेको हो ।

बुधबार वनको टोलीले ग्वालावारीबाट काठ बरामद गरेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले लुकाईराखेको अवस्थामा सालका गोलिया बरामद गरिएको बताए ।

‘अहिले हामीले कति काठ हो भनेर एकिन गर्न सकेका छैनौ, ‘उनले भने, ‘अहिलेसम्मको जानकारी अनुरुप १५/१६थान सालका गोलिया हुन भन्ने आएको छ ।’
उक्त अवैध काठ बारे थप अनुसन्धान गरिने उनले बताए ।

कृष्णपुरका सामुदायिक वनबाट अवैध काठ बरामददेखि अध्यक्ष, सचिव स्तरकै पदाधिकारी काठ काण्डमा पक्राउ प्रकरणले मिलोमतोमै काठ कटानीदेखि बिक्रि वितरण हुने स्थानीयको दावि छ । स्थानीयले वनकै केही कर्मचारीको मिलोमतोमा सामुदायिक वनका अवैध काठ कटानी हुने र त्यो अवैध काठ बार्किनिङ्ग नमिलेपछि बरामद गर्ने मानिस पक्राउ गर्ने आरोप छ ।

उद्यपी तथ्य हेर्दा वन कार्यालयले अवैध काठ बरामददेखि संलग्नलाई कार्बाही गर्दै आएको छ । कृष्णपुरका सामुदायिक वनमा काठ चोरी तस्करी नरोकिएपछि सर्वत्र कतै सेटिङ्गमै हुन लागेको होकी भनेर नागरिकले शंका गरिरहेका छन ।

एक पछि अर्को सामुदायिक वनबाट अवैध काठ बरामद देखि पदाधिकारी पक्राउ प्रकरण काठ चोरी तस्करी गरेर धनगढीका सःमिलहरुमा बिक्रि वितरण हुने प्रवृति हावि भएपछि कृष्णपुरका वन रित्तिन लागेको सरक्षणकर्मीहरुको चिन्ता छ 


#गाेलावारिमा वन कटानी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>