Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ०३ गते बिहिबार

कंचनपुरमा प्रहरिमाथी चल्याे गाेली, हतियार, मासु र माेटरसाईकल बरामद

कञ्चनपुरमा प्रहरीमाथि गोली चलेको छ। बुधबार राति कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन पिपरियाको क्षेत्रमा प्रहरीमाथि एक राउण्ड गोली चलाइएको हो।

सुरक्षा स्रोतका अनुसार तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीमाथि जंगलमा लुकेर बसेका सिकारीको समूहले गोली चलाएको हो।

हिजो राति सो जंगल क्षेत्रमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको प्रहरी टोली अपरेसनका लागि खटिएको थियो। सो क्षेत्रको बाटो हुँदै अवैध चोरी तस्करीको सामान भित्र्याउने गरेको भन्ने सूचनाको आधारमा टोली त्यहाँ गएकोमा यस्तो घटना घटेको हो।

जंगलमा जंगली जनावरको सिकार गर्नेहरुले प्रहरीमाथि गोली चलाएका हुन्। तर, गोली कसैलाई लागेको भने छैन। गोली चलाउनेहरूलाई प्रहरीले समात्न खोजेपनी समात्न भने सकेन, उनीहरू भाग्न सफल भएको बताइन्छ।

१२/१३ जनाको संख्यामा रहेका उनीहरू मोटरसाइकलमा भागेर फरार भएको प्रहरी स्रोतले बताएको छ। यस्तै प्रहरीले उनीहरूको एक से १ प ४१११ नम्बरको मोटरसाइकल भने नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै प्रहरीले उनीहरूले सिकार गरेको मृगको ४ टाउको, १५६ केजी चित्तलको मासुसहित चक्कु लगायतका हतियार बरामद गरेको छ।

उनीहरुले सो सिकार शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गरेर मासुको तस्करी गर्ने गरेको प्रहरीको आशङ्का छ।

अहिले प्रहरीले उनीहरूको खोजी र पहिचान भैरहेको या नभएकोबारे भने केही प्रतिक्रिया दिएको छैन। जंगली जनावरको सिकार गरेर तस्करी गर्नेहरुले नै प्रहरीमाथि गोली चलाएर भाग्नुलाई गम्भीरताका साथ लिइएको छ।


#प्रहरी माथी गाेलि चल्याे

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>