Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ०४ गते शुक्रबार

सुदुरपश्चिममा मन्त्रालय फुटाएर सन्तुलन मिलाउने तयारि

सुदुरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरिएको छ । प्रदेशमा तिन वटा मन्त्रालय फुटाउने गरी छलफल चलेपनि तत्काल भौतिक पुर्वाधार बिकास मन्त्रालय फुटाइने छ । उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय, सामाजिक र भौतिक पुर्वाधार बिकास मन्त्रालय फुटाउन सुझाव भएपनि तत्काल भौतिक पुर्वाधार बिकास मन्त्रालय मात्रै फुटाउने गरी सत्ता गठबन्धनमा सहमती जुटाउन लागिएको छ । 
प्रदेश सरकारको आधा भन्दा बढी बजेट भौतिक पुर्वाधार बिकास मन्त्रालयमा छ त्यो मन्त्रालय फुटाउन जरुरीनै छ माओवादीका एक प्रदेशसभा सदस्यले भने “भौतिक पुर्वाधार बिकास मन्त्रालय फुटाएर मन्त्रालयको सन्तुलनपनि हुन्छ त्यस कारण भौतिकनै फुटाउने तयारी भएको छ, चाडैँ मन्त्रालय फुटाएर ५ मन्त्री नियुक्ती हुने छन्, एमाले, माओवादी र स्वतन्त्र सांसदले मन्त्रीको सपथ लिने छन् ।” माओवादी ससंदिय दलका नेता मान बहादुर धामीलेपनि तत्काल एक मन्त्रालय फुटाइने बताए । हामीले मन्त्रालय फुटाएर खर्च भार नबढाउने भनेका छौँ उनले भने “तरपनि मन्त्रालयको शक्ती सन्तुलनका लागीपनि भौतिक पुर्वाधार बिकास मन्त्रालय फुटाउन जरुरीनै देखियो त्यस कारण एक मन्त्रालय फुटाउने तयारी छ ।” उनले २÷३ दिन भित्रै मन्त्रालय भागबण्डा टुगिंने र मन्त्री नियुक्ती हुने बताए ।
हाल आर्थिक मामिला मन्त्रालयमा एमाले र माओवादी दुबैले दावी गरिरहेका छन् । तर एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावल भने एमालेले हालसम्म कुनै मन्त्रालयमा दावी नगरेको बताउँछन् । हाम्रा लागी मन्त्रालय लिनु ठुलो कुरा होइन उनले भने “माथी देख्नुभएन एमालेले कुन ठुलो मन्त्रालय लिएको छ र, हाम्रो एजेण्डा भागबण्डा होइन, बिकास र सम्बृद्धी हो त्यस कारण हामी मन्त्रालयको कुनै बार्गेनिङमा छैनौ, तत्काल सरकारमा सहभागी नहुने भनेका छौँ, सहभागीका लागी निर्णयपनि भएको छैन ।” एमालेले तत्काल सरकारमा नजाने निर्णय गरेपनि केन्द्रको निर्देशन अनुसार माओवादी र एमाले सगैं सरकारमा सहभागी हुने एक नेताले बताए । श्रोतका अनुसार अर्थ मन्त्रालय एमालेलेनै लिने सहमती नजिक पुगेको छ । एमालेका एक सांसदले भने “एमालेले आर्थिक मामिला मन्त्रालय लिने लगभग सहमती नजिक पुगेको छ, आर्थिक लिए आन्तरिक मामिला एमालेको भागमा पर्छ होला, माओवादीले भौतिकबाट फुटाएको मन्त्रालय र सामाजिक बिकास मन्त्रालय लिने छ, स्वतन्त्र सांसद डा.तारा जोशीलाई उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालय दिने तयारी भएको छ ।”


#सुदुरपश्चिम सरकार

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>