Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०९ गते बुधबार

युवा संघ नेपालको अगुवाईमा दोधारा चाँदनीमा गाँजाको बोट नष्ट तथा सरसफाई

नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ् । लागुऔषध नियन्त्रणको लागी राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा दोधारा चाँदनी नगरपालिका– ७ स्थित लक्ष्मी माध्यमिक बिद्यालयको छेउ र वडा नं. ७ वडा कार्यालयको हातामा बेग्रल्ती उम्रेका गाँजाको बोट नष्ट गर्ने कार्य सम्पन्न गरेको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले जानकारी दिएका छन् ।

 लक्ष्मी माध्यमिक बिद्यालयको उत्तर दिशा र वडा नं. ७ वडा कार्यालयको हातामा बेग्रल्ती उम्रेका गाँजाका बोट नष्ट गरिएको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले बताएका छन् । गाँजाको बोट नष्ट तथा सरसफाई कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरी, राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रिय सदस्य रामसिंह खड्का, दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, नेकपा एमाले दोधारा चाँदनी– ९ का वडा सह–सचिव भक्त बहादुर रावत, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्याय, बाबाथान बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रसाद शर्मा, बाबाथान प्रहरी चौकीका टोली लगाएत राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका पदाधिकारी तथा स्थानियहरुको सहभागिता रहेको थियो । 
राष्ट्रिय युवा संघ नेपालको अगुवाई तथा बाबाथान बजार व्यवस्थापन समिति, बाबाथान प्रहरी चौकी र स्थानियहरुको सहयोग र सहकार्यमा गाँजाका बोट नष्ट तथा सरसफाई कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काले बताएका छन् । आगामी दिनहरुमा साताव्यापी सरसफाई तथा लागुर्औषध नियन्त्रण कार्यको बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै जाने राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले जनाएको छ् । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>