Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ २७ गते आइतबार

वन ब्यावस्थापन गरेर गाउँ बिकासमा अग्रसर अपि सामुदायिक वन

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलीमा रहेको श्री अपि सामुदायिक वनद्वारा देखतभुली स्वास्थ्य चौकीलाई वासिङ मेसिन हस्तान्तरण गरेकाे छ ।
 शनिबार एक कार्यक्रमका बीच सामुदायिक वनले देखतभुली स्वास्थ्य चौकीलाई वासिङ मेसिन हस्तान्तरण गरेको हो। कार्यक्रम सामुदायिक वनका अध्यक्ष देवान सिह धामीको अध्यक्षतामा सुरु भएको थियो भने लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापाको प्रमुख आतिथ्य, विशिष्ट अतिथीमा: वडा सदस्य भान बहादुर विष्ट, स्वास्थ्य चौकी ईन्चार्ज लिलाकान्त झा, अतिथिमा मिलिजुली विद्युतका अध्यक्ष कल्याण सिह धामी, बन प्रतिनिधि मिथुन चौधरी, लेखा संयोजक दल बहादुर विष्ट, कर्ण बहादुर धानुक लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक वनका कार्यालय सचिव सन्देश भट्टले राखेका थिए। कार्यक्रममा आफ्ना मन्तव्य राख्दै देखतभुली स्वास्थ्य चौकीका ईन्चार्ज लिलाकान्त झा ले भने ” सुत्केरी आमा र नव जाँच शिशुका लागि अति नै आवश्यक सामाग्री सामुदायिक वनले हस्तान्तरण गरेको छ निकै परोपकारी कार्य गरेको छ; हामी निकै खुशी छौ।”
त्यस्तै वडा सदस्य भान बहादुर विष्टले भने” सबै जनाको हातेमालो गरे, सामुदायिक वन डोर्याउने व्यक्ति कस्तो छ भन्ने हुन्छ; अपि सामुदायिक को अरु बनले पनि सिक्न जरुरी छ; यो देखिने विकास हो।
स्थानिय जनताको पैसा जनताकै लागि प्रयोग गर्न पाएको आफ्नो आम्दानी बचाएर देशकै पहिलो सामुदायिक वन अपि सामुदायिक बन्न सफल भएको साथै जनताले आर्थिक पारदर्शिताको महसुस गरेको देखिने विकास यस्तो हुने लालझाडी ५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन्।
सामुदायिक वनले १ लाख ४५ हजार मा वासिङ मेसिन खरिद गरेर सामुदायिक वन पालेकाे महशुस हुने गरि स्वास्थ्य चौकीलाई अति आवश्यक सामग्री वितरण गरेको हाे साथै वनको विकास, वनलाई उचित व्यवस्थापन गर्ने सके विकासको गतिमा सुरुवात गरि विकासको लहर आउँछ, सामुदायिक वनका उपभोक्ता लगायतको टिम भोलिका आउने पिढीले पनि सिकोस भन्नका लागि आफू नेतृत्वको सामुदायिक वनद्वारा वडाकै स्वास्थ्य चौकीलाई विरामीको सहजीकरणका लागि वासिङ मेसिन सहयोग गरिएको सामुदायिक वनका अध्यक्ष देवान सिह धामीले बताएका छन्। कार्यक्रमको सञ्चालन कल्याण सिह धामीले गरेका थिए।
याे वनले नदि नियन्त्रण, विद्यालय लगायत समाज निर्माणका आधारभुत ठाउमा सहयाेग गर्दै आईरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>