Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर ०२ गते बिहिबार

कैलाली काग्रेश १३ मध्ये ११ मा सभापति पक्षधर बिजयि

   कैलाली-नेपाली काँग्रेस कैलालीमा कार्तिक ३० गते भएको पालिका अधिबेशनबाट बर्तमान जिल्ला सभापती नर नारायण शाहको टिमले १३ वटा पालिका मध्य ११ वटा पालिकामा जित हासिल गरेको छ।

जस अन्तर्गत शाहको प्यानलबाट धनगढी उपमहानगरपालिकामा यज्ञराज उपाध्याय, गौरीगंगा नगरपलिकामा पहल बिक्रम चन्दको पुरै प्यानल, लम्कीचुहा नगरपलिकामा ईन्द्र कुवर, टिकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्रको पुरै प्यानल विजयी भएको छ।

यस्तै जिल्लाको चुरे गाउपालिकामा हेम शाहको पुरै प्यानल, जानकी गाउपालिकामा गणेश रेग्मी ,बर्दगोरियामा कृष्ण बिष्ट,कैलारी गाउपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउदको पुरै प्यानल, जोशिपुरमा बसिराम चौधरी बर्तमान पार्टी सभापती नारायण शाहको प्यानबाट निर्वाचित भएका हुन्।

यसैगरी नर नारायण शाह प्यानल भन्दा बाहिर गोदावरी नगरपालिका वीर बहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बम बहादुर सिह प्यानल विजयी भएका छन।

हिजो सम्पन्न अधिबेशममा १३ वटा पालिका मध्य ४ वटा पालिकामा सर्बसम्मत रुपमा अधिबेशन बाट नेतृत्व चयन गरिएको प्रचार प्रसार समिती सयोजक नृप सुनारले जानकारी दिए।

धनगढी उपमहानगर पालिकामा सभापतिमा सर्ब सम्मत भए पनि अन्य पदाधिकारी र सदस्यमा भने सहमतिका लागि रातीसम्म प्रयास जारी रहेको थियो। सम्भव तह सहमती नभएमा तलका पदहरुको निर्वाचन आज हुने र यसमा पनि सबै उम्मेदवार शाह कै प्यानलका रहेका छन।

बर्तमान सभापतिलाई अहिले रामजनम चौधरी, डा. रण बहादुर रावल, मोहन सिह राठौर, नारायण दत्त मिश्र, जनक चौधरी, भक्त बहादुर थापा, दिनेश जोशी, हरिष खडका, खेमराज चौधरी, नृप बहादुर वडा र बर्तमान पार्टी सभापति शेर बहादुर देउवा र काँग्रेस नेतृ आरजु देउवाको ठूलो सहयोग रहेको छ।

शाहको यो दोस्रो कार्यकाल हो। उनले सुदूरपश्चिम प्रदेशमा सभापती पदमा लडने बताईसकेका छन्। कार्तिक ३० गते भएको पालिका अधिबेशमा पनि शाह पक्षधरको ६५ प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको तथ्यांकले देखाएको छ। यसै गरि मसिर ३ गते हुने प्रदेश अधिबेशन, ६ गते हुने क्षेत्रीय अधिबेशन र १० गते हुने जिल्ला अधिबेशनमा पनि शाहको प्यानल निर्वाचित हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>