Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ १५ गते शनिबार

सुदुरपश्चिम पढ्न चाहनेलाई काठमाडौंमा प्रवेश परीक्षा किन ? एउटै सेवा दिन राज्यकाे रकम स्वाहा किन गर्ने ?
साङ्केतिक तस्बिर

देशैभरि त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस रहेका छन । यस्तै सुदुरपश्चिम प्रदेशकाे टिकापुर र गाेकुलेश्वरमा त्रिभुवन विश्वविद्यालयले कृर्षि विज्ञान संकायकाे पढाइ गर्ने गरेकाे छ । यसरी कृर्षि बिज्ञान लगायतका विभिन्न बिषयकाे यहाँ पढाइ हुदा हुँदै पनि सुदुरपश्चिम विश्वविद्यालय खाेलियाे । विश्वविद्यालय यहाँको जनताको माग थियाे । पछाडि पारिएकाे परेकाे हक थियाे याे आन्दोलन र कैयाैका शरीर घायल बनेर घाेषणा भयाे ।
याे विश्वविद्यालय खाेल्नुका पछाडि याे विकट क्षेत्रकाे आर्थिक अवस्था सुधार हाेस, कमजाेर आर्थिक हैसियत भएका विद्यार्थी हरु सहज रुपमा घर आगनमा शिक्षा प्राप्त गर्न सकुन भन्ने थियाे भने बिकासका दृष्टिकाेणले पछाडि परेकाे प्रदेशमा विश्वविद्यालय खाेलिदा यहाँकाे व्यापार ब्यावसाय समेत बढ्ने र  आर्थिक अवस्था समेत सुधार हुने विश्वास यहाँका नागरिककाे थियाे ।
यस्ता विभिन्न अवसरकाे आशा सुदुरपश्चिम वासिले राखेपनि यश माथी तुसारापात हुन सुरु भएकाे छ । विश्वविद्यालयले संचालन गरेकाे कृर्षि संकायकाे प्रवेश परीक्षा काठमाडौंमा समेत राख्न थालिए बाट यस्ताे देखिएकाे हाे । 
यदि सुदुरपश्चिममा पढ्नु छ भने कर्णाली तरि सुदुरकाे भुमिमा आउनुपर्ने हाे । यसरी सुुदुरकाे भुमिमा आउदा यातायात, हाेटल, रेष्टुरेन्ट र पर्यटकिय गन्तब्यले समेत काम पाउने थिए । यानिकि आर्थिक अवस्था चलायमान हुने थियाे । जसरि सुदुरका कुनाबाट पढ्न पढाउनकै लागि सुर्खेत, दाङ्ग, पाेखरा, काठमाडौं र धरान लगायतका ठाउँमा यहाँका विध्यार्थि र अभिभावक जादा गरेका थिए ।
 तर यहाँ यसाे हुन सकेन पुर्वका विध्यार्थि समेतलाई ध्यानमा राखेर प्रवेश परिक्षा काठमाडौं राखियाे तर समयका हिसाबले बसकाे यात्रा गर्दा उस्तै समय लाग्ने सुदुरका दार्चुला वा बाजुरामा किन राखिएन । काठमाडौंमा प्रवेश परीक्षा गर्नु देशभरका विभिन्न ठाउमा पढ्न जाने हरुलाई त त्रिभुवन विश्वविद्यालयले सेवा दिएकै छ । चाप पनि खासै ठुलाे छैन अनि विश्वविद्यालय पिच्छे उस्तै सेवा दिने नाममा किन राज्यकाे रकम, जनताकाे पसिनाकाे कर सक्ने ? 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>