नेपाली समाजमा महिलाहरू मासिक रूपमा महिनावारी हुँदा अलग्गिएर बस्ने एउटा प्रथा छ। यो प्रथा देशैभर रहेको तर देशका केही ठाउँमा भने घरभित्र नै बस्न नहुने छुट्टै कोठा बनाएर बस्ने एउटा चलन छ। जुन चलनलाई छाउ गोठ भित्र बस्ने भनिएको छ ।
यो गोठ घरभन्दा अलिक पर हुने अधिकांश सबैजसो गोठहरू कच्ची बस्न अप्ठ्यारो खालका हुने गरेका छन्। यस्तोमा कतिपय किशोरीहरु बलत्कृत हुन बाध्य भएका छन् । हालै कञ्चनपुरमा एक महिलाले यस्तै गोठमा बस्दा सर्पदंशबाट ज्यान समेत गुमाउनु परेको छ।
सुदूरपश्चिम प्रदेशको पहाडको अछाम जिल्लामा अधिकांश घरहरूमा यस्तै छाउगोठहरु भत्काउन सरकारले अभियान नै चलाएर गोठहरु भत्काएको थियो । अन्धविश्वास कुरीति लगायतको बारेमा प्रचारप्रसार गर्दै गोठमा बस्न नहुने सफासुग्घर भएर घरमै बस्नुपर्ने लगायतका जनचेतनामूलक कार्यक्रमहरू समेत गरेकै हुन् तर यो छाउगोठ बाला अवस्था अन्त्य हुन सकेन ।
यो पहाडबाट सर्दै तराई पनि आइपुग्यो तराईका घरमा समेत सानातिना काठका कच्ची घरहरु बनाएर छाउ गोठ बनाइए, यस्ता गोठमा स्थानीय सरकार प्रदेश सरकार संघीय सरकार, राजनीतिक दल विभिन्न संघसंस्था न्यायकर्मी महिला अधिकारवादी कसैका पनि आँखा पुगेनन् जब एक महिलाले ज्यान गुमाइन् त्यसपछि सरकारहरूले आफ्ना पत्रहरु सार्वजनिक गर्न थाले ।
सरकारले जारी गरेका पत्रहरूमा छाउ गोठहरू सबै हटाउने कुराहरु उल्लेख गरिएका छन्। वास्तवमा यस्ता गोठहरु हुनुहुँदैन भन्ने स्पष्ट छ। तर त्यही समाजका छाउगोठ बनाउने केही मानिसहरुले कुलदेवताको कारण देखाउँदै गोठ आवश्यक रहेको बताउँछन्। यसरी बलत्कृत हुन ज्यान गुमाउन बाध्यता गराउने कुलदेवता जानुन् किन गोठ बनाउनु पर्दछ । तर यस्ता गोठहरूमा बस्नैपर्ने बाध्यता हो भने बाध्यताका निवारण गर्न गोठहरु भत्काउने होइन अत्याधुनिक घरभन्दा राम्रो गोठहरु बनाउन आवश्यक छ। जसले यी कुलदेवता पनि सोच्न बाध्य हुन्। जसमा बस्दा कुनै खालको दुःख पीडा भोग्नुपर्ने अवस्था नआओस्। झन् सहज रुपमा सरसफाई गर्न सकियोस् आरामदायी तरिकाले बस्न सकियोस् राम्रो सुरक्षा प्रबन्ध बनोस्। यस्तो खालको गोठहरु भनिने घर निर्माण गर्न सके उक्त समाजका महिलाहरूका ज्यान जोगिने थिए महिनावारीका समयका दुःख वाट मुक्त हुने थिए।
यति गर्नका लागि एउटा सानो पक्की कोठासँगै शौचालय र बाथरूम भएको राम्रो सानो सुरक्षित घर निर्माण गर्न सके छाउगोठ समस्या आउने थिएन । यसका लागि भत्काउने भन्दा निर्माण गर्न व्यवस्था प्रबन्ध गर्नु आवश्यक देखिन्छ ।
कतिपय परिवारहरु आर्थिक अवस्थाले कमजोर छन् उनका आफ्नै बस्ने घरहरू ती गोठभन्दा कमजोर छन्। अनि सुरक्षित बलिया सफा छाउगोठ कसरी भन्न सक्छन् ? यसका लागि सक्नेले आफै निर्माण गर्ने जसको क्षमता पुग्दैन सरकारले सहयोग गरेर भएपनि महिनावारीका समयमा बस्न आवश्यक सुरक्षित छाउगोठ भनिने घर बन्न जरुरी छ।
छाउ गोठ भनिने सुरक्षित सफा सुन्दर घर बनेमा महिनावारी बाहेकका समयमा पनि यसमा बस्न सकिन्छ।
समाजले देशले कानुनले कुरिती मानेको अन्धविश्वास मानेको छुट्टिएर बस्ने वा अलग्गै घर बाहिर गोठमा बस्ने कुरो वर्जित नै छ। तर समाजले जति गर्दा पनि जति गोठ भत्काउँदा पनि मान्दैन गोठमा बसाइराख्छ मानवीय क्षति गरिराख्छ। पीडा बढाइरहन्छ भने यस्ता गोठ भत्काइरहनुको के अर्थ भयो? यसको सट्टामा आधुनिक सुरक्षित सफा गोठ भनिने यी घरहरू बन्न आवश्यक छ। यसका लागि तिनै तहका सरकार महिलावादी राजनीतिक दलहरू विभिन्न गैरसरकारी संस्थाहरु ले सोचुन समाजको समस्या कसरी समाधान गर्ने ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया