Samriddhipost
२०८१ असोज ०९ गते बुधबार
महेन्द्रनगर
२०८१ साउन ३० गते बुधबार

सत्ता परिवर्तन संगै भिमदत्त नगरविकासको अबैध संरचना हटाउन किन रोकियो ?

नेपालमा गत बर्ष काठमाण्डौ महानगरपालीकाका मेयर बालेन्द्र साह बालेनले सार्वजनिक जग्गामा बनेका अबैध संरचना हटाउन थालेपछी बर्षौ बाट अबैध रुपमा संचालन गरिएका संरचना हटाउने काम रोकिएको छैन । यस्को असर देशभरि परेको छ ।

उक्त समयमा संधिय सरकारको नेतृत्व गरिरहेको प्रचण्ड नेतृत्वको सरकारले देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत अबैध रुपमा बनाईएका संरचना खालि गर्न पत्राचार गरेसंगै कंचनपुरमा पनि अबैध संरचना हटाउन जिल्ला प्रशासनले पहल थालेको थियो । यो पहल भिमदत्त नगरपालीका ४ स्थीत नापि मालपोत सडकमा बाटोको जग्गा अतिक्रमण गरि निर्माण गरिएका घर,पसल, खोका छाप्रा हटाएर सुरुवात गरिएको हो ।

यस पछाडी नेपाल वाल संगठन स्वामित्वको जमिन भाडामा दिई बनाईएका होटल, पसलहरु हटाईयो यी हटाउन वाल संगठनले प्रशासनलाई अनुरोध गरिरहेको थियो । यो संगै खाध्य व्यावस्था तथा ब्यापार कम्पनीले महेन्द्रनगर बसपार्क संगै जमिनमा ठेकका प्रस्ताव गरि भाडामा दिएर बनाएका पसलहरु बाट नियमित भाडा उठन छोडेपछि कम्पनीले संरचना हटाउन प्रयास गरिरहेको थियो र यस्मा बनेका सयौ संरचना हटाईए ।

यतिका संरचना हटिसक्दा भिमदत्त नगरबिकास समितिको जमिन बिभिन्न बहानामा बर्षाै बाट अतिक्रमण गरि बनाईएका होटल, गोदाम, पसल लगायतका संचना हटाउन बिभिन्न युवा, बहुमत निकट युवा र पत्रकारहरुले लेखिरहेकामा वाल संगठन र ब्यापार कम्पनी बाट हटाईएका ब्यावसायी, प्रशासन र नगरबिकास भित्रका केहि पदाधिकारि समेतको जोडबलमा अबैध संरचना हटाउन माहोल बनेर अबैध संरचना हटाउन सुरु गरिएको हो ।

संरचना हटाउने क्रममा नगरबिकास पछि हटेको आभास

अबैध संरचना हटाउने क्रममा अबैध रुपमा होटल ओपेराले बनाएको पार्किङ्ग र स्व्ीमिङ्ग पुल नभत्काई पार्किङ्गको सडक तर्फबाट पर्खाल खोली भिमदत्त नगरबिकास समिति कंचनपुर द्धारा संचालित पौडि पोखरी (स्वीमिङ्ग पुल) र पार्किङ्ग स्थल लेखिएको वोर्ड राखिएको थियो  । उक्त बोर्ड लगाउदा स्थानिय समेतका मानिसले ठुला र सानाका बिच विभेद भएको बिषय अगाडि सार्दै ठुलाको अबैध संरचना भत्काए आफुहरु आफ्नो संरचना हटाउन तयार रहेको बिषय सार्न थाल्नु, बहुमत निकट युवा र बिभिन्न स्थानियहरुले यस्का बारेमा सामाजिक संजालमा बिरोध गर्न  थालेपछि नगरबिकास समितिले होटल ओपेराको अबैध संरचना भत्काउन तयार भएको थियो ।होटल ओपेराको अबैध संरचना भत्किए संगै अव सबैले भत्काउनै पर्ने हो भन्ने माहोल बनेपछी धेरैले आफ्ना संरचना आफै भत्काए भने नगरबिकासले समेत संरचना भत्काउन थाल्यो नगरबिकासले भाडा बुझिरहेका पसल संगै जोडिएका शौचालय समेत भत्काएर सबै सफागर्ने काम संघिय सरकार परिवर्तन संगै रोकिएको छ ।

सबैले भत्काउन तयार माहोलमा रोकियो नगरबिकास

संघमा प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भएसंगै भिमदत्तको अतिक्रमण हटाउन एक्कासि रोकिएको देखिन्छ । रोकिएको कुरामा बल पुग्ने काम २०८१ सावन ११ गते पत्रीकामा प्रकाशित सुचनाले पनि प्रष्ट भएको छ । सबै संरचना हटाउन सुरु गरेको काम बिचमै रोकिएको छ । नयाँ सुचना निकालेर १५ दिने म्याद सकिएको ५ दिन सम्म समेत अबैध संरचना हटाउन सुरु नगरेबाट नगरबिकास पछाडी हटेको हो भन्ने देखिन्छ ।यो १५ दिने सुचनामा उल्लेख भए बाहेकका अबैध संरचना बनेको माहोलमा समेत भत्काउन रोकिए बाट सरकार परिवर्तन संगै नगरविकासले काम रोकेको प्रष्ट हुन्छ । नभए अबैध कब्जा गरेका संरचना वडा ४,५,१८,१५,९ लगाएमा थुप्रै रहेको बताईन्छ । यि संरचना हटाउने काम अहिले बन्द किन छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>