Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ २५ गते मङ्गलबार

बिपि जयन्तीमा कंचन क्याम्पसलाई ५८ थान पुस्तक हस्तान्तरण ।

बिपी कोइरालाको १११ औँ जन्म जयन्ती कञ्चनपुरको कृष्णपुरमा पनि मनाइएको छ । सोमबार कृष्णपुरको कञ्चन बहुमुखी क्याम्पसमा नेविसंघको आयोजनामा बिपी कोइरालाको १११ औँ जन्म जयन्ती मनाइएको हो । त्यस अवसरमा नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका जिल्ला सचिव एवम् कञ्चन बहुमुखी क्याम्पस गुलरियाका इकाई कार्य समिति सभापति दिनेश भट्टले क्याम्पसलाई ५८ थान पुस्तक उपलब्ध गराएको बताउनुभयो ।
त्यस क्रममा भट्टले बिपीको अनुयायी भएकाले उहाँको शिक्षा विश्वास र समाजसेवाको मार्गलाई आत्मसात् गर्दै क्याम्पसको विकासमा सधैँ क्षमताले भ्याएसम्म सहयोग गरिरहने प्रतिबद्धता जनाउनु भयो । क्याम्पसलाई पुस्तक हस्तान्तरण गर्न पाउँदा आफूलाई खुसी महसुस भएको बताउँदै भट्टले आगामी दिनमा पनि क्याम्पस र विद्यार्थीहरूको हकहितका निम्ति आफूले सक्ने जति गर्नै र आफूलाई विद्यार्थीहरू, क्याम्पस तथा अन्य अग्रज व्यक्तित्वको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

"उहाँको साहित्यमा राजनीति र राजनीतिमा साहित्य छैन फरक फरक विधाका रूपमा विश्लेषण गरेको पाइन्छ । त्यसैले बिपी बहु आयामिक व्यक्तित्वको रूपमा परिचित हुनुभयो" जोशीको भनाइ छ । आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गरी क्याम्पस र विद्यार्थीका हितमा नेविसंघले काम गर्ने विश्वास व्यक्त गर्दै उहाँले आफ्नो तर्कबाट पनि विभिन्न निकायबाट क्याम्पसका लागि गर्न सकिने सहयोगका लागि प्रतिबद्धता जनाउनु भएको छ ।
उक्त पुस्तक हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख, प्राध्यापक, स्ववियु र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>