Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २६ गते बुधबार

बैतडीमा जिप दुर्घटना हुदा महराकाे मृत्यु ।

बैतडीमा जिप दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । सुर्नया गाउपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको हो ।

सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको जिप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा गम्भीर घाइते भएकी सविनालाई थप उपचारको लागि धनगढी लगिएको थियो । उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। जिप दुर्घटनामा घाइते अन्य चार जना उपचारपछि घर फर्किएका छन् ।

चालक समेत रहेका सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, ४५ वर्षीय मान बहादुर महरा र ४० वर्षीय धन बहादुर महराको डडेल्धुरामा उपचारपछि घर फर्किएका हुन् । कच्ची सडकमा दुर्घटना भएको जिप सडकबाट २० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>