Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०८१ भदौ ३१ गते सोमबार

पुल पारि सम्म बाढिले कटान गरेपछि भल्का पुलबाट आउजाउ राेकियाे ।

कैलालीको भल्का स्थित खुटिया नदीमा निर्माण गरिएको पुल आवत जावत गर्न नमिल्ने भएकाे छ । पुलको उत्तरपट्टिको पहुँच मार्ग भत्काएर पुल पारी नदी बगेर कटान गरेपछि पुल अहिले आउ जाउ गर्न नमिल्ने बनेको हो । यो पुलले गोदावरी नगरपालिका  ९ का बल्मी र राजीफाँटालाई सेहरी सँग जोडेको थियो ।
 वडा कार्यालय नै सेहरीमा भएकाले बल्मी र राजीफाँटाका स्थानीय यही पुल भएर आवतजावत गर्दै आएका थिए भने सेहरीबाट घाँस दाउरा गर्न पनि यही पुलको बाटो प्रयोग गरिँदै आएको थियो । तर, अविरल वर्षा सँगै खुटिया नदीमा आएको बाढीले नदी पुरानै धारमा फर्किएपछि पुल यस्ताे अवस्थामा पुगेकाे हाे ।

"अहिले पुल भएको ठाउँमा त पहिले चौर थियो  केही वर्ष अघि नदी यता मोडिएको थियो । अहिले पुनः पुरानै स्थानतर्फ मोडिएको छ ।" उनले पहिले भल्का (पर्यटकीय स्थल) छेउ भएर नदी बग्ने गरेको  स्थानीय जगत राम रानाले बताए ।
नदी दक्षिणतर्फ मोडिएको समयमा पुल बनाइएकोमा अहिले नदी उत्तरतर्फ मोडिदा अहिले तटबन्ध गरेर समेत पुल जोगाउन सकिने अवस्था नरहेको वडा अध्यक्ष रामलाल रानाले बताए । उनले अब तटबन्ध गर्नु भन्दा उत्तर तर्फ पुल थप्नु उत्तम विकल्प हुने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>