Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असोज १० गते बिहिबार

कंचनपुरमा प्रहरी माथी आक्रमण ईन्सपेक्टर घाईते: प्रहरि

पुनर्वास–कञ्चनपुरको पुनर्वासमा गस्तीका क्रममा निस्केको नेपाल प्रहरीको भ्यानमाथी आक्रमण भएको छ ।बुधबार राती करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाही माथी आक्रमणसँगै भ्यानमा समेत तोडफोड भएको हो ।
चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाही सहित ९ जनाको प्रहरी टोली भ्यान गस्तीमा निस्केको थियो ।गस्तीमा निस्केका बेला पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको बुझिएको छ ।घटनाका विषयमा ईन्स्पेक्टर शाहीसँग बुझ्दा खडखडे भईरहेको थियो । सम्झाएर नियन्त्रण गर्न खोज्दा आफु माथी २५÷३० जनाको समुहले आक्रमण गरे । आक्रमणबाट मेरो कानमा चोट लागेको छ । अन्य चार जना प्रहरीलाई पनि सामान्य चोट लागेको,भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा समेत क्षति पुगेको जानकारी दिए ।
आक्रमण पछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि त्यो स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए ।आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा सामान्य उपचार भएको थियो ।आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>