Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक १३ गते मङ्गलबार

राष्ट्रिय दलित आयोगले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाए प्रतिवेदन ।

राष्ट्रिय दलित आयोगले सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ  ।
आयोग सदस्य मिनादेवी सोवले आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गरेकी थिइन् । उक्त प्रतिवेदनमा दलित आयोगले गरेका प्रगति, आइपरेका चुनौती र आवश्यक सुझाव समेटिएका छन् । प्रतिवेदन पेश गर्दै उनले प्रदेशमा अझै  दलित हक अधिकार स्थापित हुन् नसकेको स्मरण गराएकी थिइन् ।उनले प्रदेश सरकारले ल्याएको दलित सशक्तीकरण ऐन कार्यान्वयनमा नआउँदै संशोधनको तयारी गरेकोमा पनि असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनले उक्त विधेयक संशोधन गरेर सरकारले दलित समुदायलाई लिने अधिकार थप कटौती गर्न खोजेको आरोप लगाइन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रदेश मियाँले दलित समुदायको अधिकार स्थापित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका थिए । सुदूरपश्चिम प्रदेशमा क्रमिक रुपमा दलित अधिकारका विषयमा आवाज उठ्ने क्रम बढिरहेको भन्दै अझै सचेतना आवश्यक रहेको बताए ।  प्रदेश प्रमुख मियाँले कानुन कार्यान्वयनमा सबैले जोड दिनुपर्ने बताएका थिए ।
उनले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मार्फत प्रतिवेदन छलफलको लागि प्रदेश सभामा पठाउने बताए । उक्त कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव उषा भट्ट प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली लगायत उपस्थित रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>