कञ्चनपुर –कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियाबाट प्रहरीले ५ लाख ४३ हजार ५ सय ५० रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ।
गुलरिया स्थित पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट अत्तरिया तर्फ जाँदै गरेको चालक बैतडी सुर्नैया गापा ७ बस्ने वर्ष २१ को नबिन कुवरले चलाएको सुपप्र ०२००१ क ०६४१ नम्बरको मिनि ट्रकलाई शंका लागी कार्यालयमा ल्याई चेकजाँच गर्दा बिना बिलको अबैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएको सामान बरामद गरेको हो।
ट्रक र ट्रक चालक सहित बरामद भएका लेडिज सुट २७०पिस, मिश्री १४५बाेरा,, पेठा मिठाई ८९ डब्बा सामान आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया