Samriddhipost
२०८१ मङि्सर २५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक २३ गते शुक्रबार

सुदुरपश्चिम सरकारका चार मन्त्रालयका वेव साईट ५ महिना देखि बन्द, बनाउने सुरसार छैन ।

सुदूरपश्चिम सरकारका अधिकांश मन्त्रालय वेबसाइट बन्द भएर साईट विहिन बनेका छन । वेबसाइट बन्द हुँदा जनता सूचना पाउने अधिकारबाट बन्चित हुन पुगेका छन । वेबसाइट बन्द हुँदा अहिले ति मन्त्रालय सूचना पार्टी र माइन्युटमा सीमित बन्न पुगेका छन् ।
मुख्यमन्त्री कार्यालय र आर्थिक मामिला मन्त्रालयले पुरानो वेबसाइट अध्यावधिक गरेका छन् । प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेश सभा सचिवालयले नयाँ वेबसाइट बनाएका छन् । तर, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आधिकारिक वेबसाइट अझै बन्न सकेको छैन । यी चार मन्त्रालय पाँच महिनादेखि वेबसाइट विहीन भएका हुन् ।
प्रदेशका मन्त्रालयहरूका साथै मातहतका कार्यालयहरूका पनि आधिकारिक वेबसाइट छैनन् । प्रदेश सरकार मातहतको प्रदेश लेखा नियन्त्रकको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोगको कार्यालय लगायतको वेबसाइट अध्यावधिक गरिएको छैन ।
वेबसाइट नहुँदा यहाँका सूचनाहरू थाहा पाउन कार्यालयकै सूचना पाटी हेर्न पुग्नुपर्ने अवस्था छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी जगदिश जोशीले मुख्यमन्त्री कार्यालयकाे वेवसाईट कन्द भएकाे तर यसलाई पुनः बनाईएकाे हाे । आ आफ्नाे साईट मन्त्रालयहरुले आफैले बनाउनु पर्ने बताएका छन ।
सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी भुवन जाेशीले मुख्यमन्त्री कार्यालय संगै आफ्नाे मन्त्रालयकाे साइट पनि बिग्रिएकाे र मुख्यमन्त्री कार्यालय लाई बनाईदिन अनुराेध गरेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>