Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ पुष ११ गते बिहिबार

खाेप लगाएर वालककाे मृत्यु भएकाे भन्दै सडक अवरुद्घ

बैतडीको डिलासैनीमा गाउँपालिका–२ छेपट्टामा वर्थिङ सेन्टरमा लगाएको खोपका कारण बालकको मृत्यु भएको आरोप लगाउदै स्थानीयहरुले सडक अबरुद्ध गरेका छन् ।
 छेपट्टाका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको गएराती मृत्यु भएको थियो । यस घटनाको निस्पक्ष छानबिन गर्नुपर्ने तथा उचित क्षतिपुर्ती पाउनुपर्ने मागसहित स्थानीयले बिहिवार (आज) दिउँसो १२ बजेबाट गोकुलेश्वर–गन्ना–लटिनाथ सडकखण्ड अबरुद्ध गरेको स्थानीय ध्रुव रानाले जानकारी दिनुभयो ।
 बुधबार दिउँसो १२ बजेको समयमा डिलासैनी –३ स्थित सिमार वर्थिङ सेन्टरमा खोप लगाएका आदर्श बिरामी भएपछि उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । आदर्शलाई सिमार वर्थिङ सेन्टरमा डिपिटी दोश्रो डोज र पिसिभीको पहिलो डोज खोप लगाइएको थियो । त्यसैगरी ओपीभी र रोटा डोज खुवाइएको थियो । त्यसपछि दिउँसो ३ बजेदेखि ज्वरो आएको र राती ¥याल फाल्न थालेपछि उपचारको लागी गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बच्चाको बाटोमै मृत्यु भएको रानाले बताउनुभयो । अहिले गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरा, वडा नम्बर–२ का वडा अध्यक्ष नवराज घरडी वडा नम्बर–३ का वडा अध्यक्ष रघुबिर बोहरासहितको टोली सडक अबरुद्ध पारिएको स्थानमा पुगेको र स्थानीयसग छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>