कैलाली जिल्लाका विभिन्न स्थानमा केही समय देखि बंगुरहरु अस्वाभाविक रुपमा मर्ने लक्षण नमुनाहरु परिक्षण गर्दा बंगुरहरुमा लाग्ने महामारी अफ्रिकन स्वाइन फिवर रोगको संक्रमण रहेको पुष्टी भएको जानकारि भेटेनरि अस्पताल तथा पशु सेेवा विज्ञ केन्द्र कंचनपुरले जनाएकाे छ ।
यस्ताे अवस्थामा कञ्चनपुर जिल्ला पनि उक्त रोग संक्रमणको उच्च जोखिममा रहेको र यस रोगले सतप्रतिशत सम्म बंगुरहरुको मृत्यु हुने हुँदा बंगुरपालक कृषकहरुलाई सतर्कता अपनाई अफ्रिकन स्वाइन फिवर रोग नियन्त्रण गर्न भेटेनरि अस्पताल तथा पशु सेेवा विज्ञ केन्द्र कंचनपुरका प्रमुख श्याम सिह खड्काले जानकारि दिनु भएकाे छ ।
कृषकहरुले ध्यान दिनुपर्ने कुराहरुः
१. फार्म, खोरमा जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्ने ।
२. अनावश्यक रुपमा अरुको फार्म, खोरमा नजाने, नल्याउने ।
३. फार्म, खोरको काम गर्दा लगाएको लुगाकपडा र जुत्ता चप्पल अरु बेला प्रयोग नगर्ने, खोरको काम सकेपछी साबुन पानीले हातखुट्टा राम्ररी धुने ।
४. रोगी बंगुर र यसको मासु ओसारपसार र विक्री वितरण नगर्ने ।
५. नियमित रुपमा फार्म, खफर वरिपरी चुना, फिनायल वा निसंक्रमण गरि खोर खाली राखणे ।
६. फार्ममा भएका सम्पूर्ण बंगुर र फोहोर हटाई खोर भित्र तथा वरिपरीको वातावरणलाई निसंक्रमण गरि खोर खालि राख्ने ।
७. बंगुरलाई घर वा होटलको खोर नखुवाउने खुवाउनै परे आधा घन्टासम्म पकाएर मात्रै खुवाउने तथा बंगुरको मासु मिसिएको खानेकुरा नखुवाउने ।
८. मरेका बंगुर तथा बंगुर काटिएको ठाँउबाट निष्काशित मासु हाड भित्र्यांश र अन्य फोहोरहरु जथाभावी खुल्ला रुपमा वा खोलानाला तथा पानीको श्रोतमा नफाल्ने ।
९. आफुले पालेका वा अरुले पालेका सुँगुर बंगुरमा कुनै किसिमको स्वास्थ्य समस्या वा तल उल्लेखित लक्षणहरु देखा परेमा तुरन्तै नजिकको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल वा पशु रोग अन्वेषण प्रयोगशाला धनगणीमा जानकारी गराउने ।
रोगका लक्षणहरुः
एकैपटक धेरै बंगुरमा रोग देखा पर्ने र मर्ने ।
• उच्च ज्वरो आउने, दानापानी नखाने, उभिन नसक्ने र कमजोर हुने ।
कान र थुतुनोको छालामा रातो वा निलो डामहरु देखिने र पछि शरिरभरी रातो हुने ।
नाक र गुद्दवारबाट रगत बग्ने ।
• छिटो छिटो आस फेर्ने, उल्टी गर्ने र गर्भिणी बंगुर तुहिने ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया