Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ११ गते शुक्रबार

सिकलसेल एनिमिया र थालेसिमिया  सम्बन्धि  पैरवी कार्यक्रम  सम्पन्न

खडक ब. काेली

सिकल सेल एनिमिया र थालेसिमिया  सम्बन्धि  पैरवी कार्यक्रम  कृष्णपुर नगरपालिका वार्ड नं २ वडा कार्यालयमा  सम्पन्न गरिएकाे छ।स्वास्थ्य कार्यालय कंचनपुर र कृष्णपुर नगरपालिकाको समन्वयमा सञ्चालन भएको हाे।  कृष्णपुर नगरपालिकाका ९ वटै वडाहरुमा सिकलसेल तथा थालेसीमीया सम्बन्धि पैरवी कार्यक्रम संचालन गरिने  स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। । थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा रहेको यो रोगको बारेमा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हाे। 

पैरवी कार्यक्रममा कृष्णपुर नगरपालिका वार्ड नं २ का वडा अध्यक्ष अर्जुन सिंह साउँदले २ नम्बर  वडाका  थारु समुदायका अगुवा, भलमन्सा, गुरुवा  महिलालाई राेग सम्बन्धि  जनचेतना दिएकाे र यहि १४ गते निःशुल्क शिविर बस्ने  विगतका वर्षमा पनि शिविर  जनचेतनामूलक कार्यक्रम गरेको बताए  उक्त कार्यक्रममा  वडाका जनप्रतिनिधिहरू, स्वास्थ्य स्वयं सेविका, शिक्षक, बुद्धिजीवी, स्वास्थ्यकर्मीहरु तथा किशोर किशोरीहरुको सहभागितामा रहेको  थियाे।  कार्यक्रममा सिकलसेल तथा थालेसीमीया रोगको परिचय, लक्षण चिन्हहरु, निदान गर्ने तरिका उपचार तथा रोकथामको उपायहरुको बारेमा छलफल गरिएको र

बंशाणुगत रुपमा आफ्नो सन्तानमा सर्ने यो रोग सबै समुदायमा देखा परे पनि थारु समुदायमा भने सिकल सेल प्रमुख  स्वास्थ्य समस्याको रुपमा रहेकोले त्यसको रोकथाम तथा नियन्त्रण गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको  स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। करिब १८% सिकलसेलको बाहकहरु समुदायमा रहेको र बाहक केटा र बाहक केटीको बिचमा बिबाह भएर बच्चा जन्मेमा सिकलसेल रोग लागेको बच्चा जन्मने सम्भावना भएकोले बिबाह गर्नु भन्दा अगाडी सिकलसेल रोगको परिक्षण गरि बाहक भए नभएको यकिन गरि चिकित्सकको परामर्श अनुसार विवाह गरि बच्चा जन्माएमा यो रोग बाट बच्न सकिने निमेष समुदायीक अस्पताल तथा सिकलसेल अनुसन्धान केन्द्र कृष्णपुरका संचालक डा. फुल राम चौधरीकाे भनाई रहेकाे छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>