Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ १७ गते बिहिबार

सरस्वती माबि घट्ना छानविन गर्न माओवादि केन्द्रकाे माग

माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिका-२, वाणीस्थित सरस्वती माविमा छात्रवृत्तिदेखि औषधि खरिदमा भएको भनिएको अनियमितताको छानबिन गर्न माग गरेको छ।

माओवादी केन्द्र कृष्णपुर-२ नम्बर वडा कमिटीले विद्यालयमा सिटिईभिटी (CTEVT) को औषधि खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै दोषी उपर कारबाहीको माग अघि सारेको हो । सामाजिक सञ्जालमा विद्यालयमा भएको अनियमितता सम्बन्धी विषयहरू चर्चामा आएपछि माओवादी केन्द्रले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


वडाध्यक्ष छंगा राना र सचिव लिलादेवी पन्तद्वारा जारी विज्ञप्तिमा दलित छात्रा रेनुका सुनारलाई प्रदान गरिनुपर्ने अपाङ्गता छात्रवृत्तिको दुरुपयोग, सिटिईभिटीका शिक्षक-शिक्षिकाको नियुक्ति प्रक्रियामा देखिएको त्रुटि तथा औषधि खरिदमा देखिएको अनियमितताबारे सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने माग गरिएको छ।
यसैबीच, सिटिईभिटीकी शिक्षिका आस्था जैसीले केही सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा विद्यालयको अनियमितताको विषयमा माओवादी केन्द्रको नाम जोडेर आरोप लगाएको भन्दै माओवादी केन्द्रले आपत्ति जनाएको छ। विज्ञप्तिमा विद्यालयका भ्रष्टाचार लुकाउन पार्टीको नाम जोडेर गरिएका गतिविधिहरूको निन्दा गरिएको र यस्ता कार्य रोक्न चेतावनीसमेत दिइएको छ।
स्थानीयस्तरमा यो विषयले चर्चा पाएको छ भने विद्यालय प्रशासनले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूले निष्पक्ष छानबिनका लागि आग्रह गरिरहेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>