Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०८१ माघ १९ गते शनिबार

फाेनिज सुदुरपश्चिमकाे नयाँ कार्यसमिति चयन, अध्यक्षमा उन्नति चयन

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सुदूरपश्चिम प्रदेश समितिको तेस्रो महाधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
शनिबार धनगढीमा सम्पन्न भएको महाधिवेशनले केर्नी न्युजकी सम्पादक कालीमैया चौधरी उन्नतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा बनवारी राना (शौरभ) र चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी र रतनलाल चौधरी तथा कोषध्यक्षमा प्रेमलाल चौधरी निर्वाचित भएका छन् । नयाँ कार्यसमिति सदस्यमा राजेश श्रेष्ठ, रामप्रसाद चौधरी, दानसिंह डगौरा र स्वरुप चौधरी निर्वाचित भएका छन् ।
फोनिजको प्रदेश महाधिवेशन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका थिए । सो अवसरमा उनले आदिवासी जनजाति पत्रकारहरु समेत पत्रकारका संगठनमा नेतृत्व तहमा पुगी सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए । उनले प्रदेश सरकारले छिट्टै सञ्चार नीति ल्याउन लागेको समेत बताए । सो नीति ल्याउनका लागि धेरै चरणमा छलफल भइसकेको बताउँदै मुख्यमन्त्री शाहले मन्त्रलयमा सचिव र उपसचिव नभएकोले ढिलो भइरहेको बताए ।
महाधिवेशनबाट निर्वाचित फोनिज प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई फोनिजका बरिष्ठ उपाध्यक्ष लक्की चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । महासधिवेशनमा कैलाली र कञ्चनपुरबाट फोनिज जिल्ला अधिवेशनबाट निर्वाचित प्रदेश महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकहरुको सहभागिता थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>