महेन्द्रनगर : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको निर्वाचनमा कञ्चनपुरका ३ वटा प्रदेशसभा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।तीन क्षेत्रमा काङ्ग्रेसका तीन नेता एनपी साउद, रमेश लेखक र दिवान बिष्टले आफ्नो क्षेत्रमा आ- आफ्नो बर्चस्व कायम गरेका छन् ।
क्षेत्र १
कञ्चनपुर क्षेत्र नम्बर १ को १ प्रदेश सभा कार्यसमिती पदाधिकारीहरुको निर्वाचनमा काँग्रेस नेता दिवान बिष्ट प्यानल बिजयी भएको छ ।
नेता बिष्टको प्यानलबाट सभापतिका उम्मेदवार मानबहादुर रोकाया “मानु” ले १२५ मत ल्याएर बिजयी भएका हुन् ।
उनी संग प्रतिस्पर्धा गरेका काँग्रेस नेता रमेश लेखक प्यानलका सभापति पदका उम्मेदवार पदम देउपाले ११७ मत पाएका छन ।
उपसभापतिमा काँग्रेस नेता बिष्ट प्यानलका उम्मेदवार जगदिश राना २१० , प्रेमसिंह ठगुन्ना १२२ मत ल्याएर बिजयी भएका छन् । लेखक प्यानलका उपसभापतिका उम्मेदवार प्रकाश तामाङले ११५ मत पाएका छन् ।
सचिव पदमा नेता बिष्ट प्यानलका जयबहादुर बिष्ट १७९ र दिपक कुमार श्रेष्ठले १४६ मत ल्याएर बिजयी भएका छन् भने सचिव पदका लेखक प्यानलका उम्मेदवार लालबहादुर खड्काले १०० मत ल्याएका छन् ।
त्यस्तै सहसचिवमा नेता बिष्ट प्यानलकै उम्मेदवार केशव एसकेले १४७ , चुडामणी भट्टले १४२ मत ल्याएर बिजयी भएका छन् । प्रतिद्वन्दी लेखक समुहका उम्मेदवार भिम दमाई ८७ , लक्ष्मीसिंह भण्डारीले ५८ मत ल्याएका छन् ।
प्रदेश शभा अन्तर्गत कञ्चनपुर क्षेत्र १(२)मा एनपी साउद दिवान विष्ट संयुक्त प्यानलका चेतन कुमार राईको प्यानल निर्वाचित भएको छ ।
चेतन कुमार राईले रमेश लेखक प्यानलका अर्जुन सिहलाई ४५ मतको अन्तरले हराउँदै प्रदेश सभापतिममा चयन भएका हुन । राईले १४९ र सिहले १०४ मत ल्याएका थिए ।
उप सभापतिमा रामलाल राना १७०, रगबिर चौधरी १३६, सचिवमा खगेन्द्र प्रशाद पण्डित १४१, दिनेश कुमार कुँवर १४३, सह सचिवमा गितासबखोली रोकाया १५३, महादेव पाण्डे १४५ मत ल्याएर निर्वाचित भएका छन
निर्वाचन क्षेत्र 2
यस्तै, कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र २(१) मा भएको निर्वाचनमा नेता एनपी साउँद निकट प्यानल विजयी भएको छ ।
साउँद प्यानलबाट सभापति पदका उम्मेदवार झंकर खड्का १३५ मतसहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी गणेश पाण्डेय ७७ मतमै सीमित भएका छन् ।
उपसभापतिमा उत्तमराज भट्ट (१३६) र मीनबहादुर विष्ट (१४७), सचिवमा नवराज पन्त (१४७) र लालबहादर धामी (१४६), सहसचिवमा गणेशबहादुर विष्ट (१५१) र धर्मदेव राना (१३०) विजयी भएका छन् । विजयी भएको पूरै प्यानल नेता एनपी साउँद निकट हो ।
त्यस्तै कांग्रेस कञ्चनपुर क्षेत्र २ प्रदेश सभा (२) को सभापतिमा करनसिंह ऐर निर्वाचित भएका छन । शुक्रबार भएको निर्वाचनमा प्रतिद्धन्द्धी भुवन राज पाण्डेयलाई ५९ मतान्तरले पराजित गर्दै ऐर सभापतिमा निर्वाचित भएका हुन । ऐर १५९ मत प्राप्त गरेका थिए भने पाण्डेयले १०० मत प्राप्त गरेका थिए ।
ऐर प्यानलबाट उपसभापतिमा टिकाराम बोहरा र नर बहादुर कुवँर, सचिवमा दिपकराज वोहरा र ज्ञानेश्वर प्रसाद जोशी तथा सहसचिवमा हवल्दार चौधरी र कृष्ण जोशि निर्वाचित भएका छन ।
यसैगरी प्रदेश प्रतिनिधितर्फ पनि ऐर प्यानलकै सबैजना निर्वाचित भएका छन । निर्वाचनमा २७७ खसेको थियो । निर्वाचन क्षेत्र ३
कञ्चनपुरको प्रदेशसभा निर्वाचन क्षेत्र ३(१) मा भएको निर्वाचनमा नेता रमेश लेखक समर्थित सभापति पदमराज अवस्थीको प्यानल नै विजयी भएको छ ।
क्षेत्रीय सभापति पदमा पदमराज अवस्थी १६४ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी महेश चन्द ९९ मतमै सीमित भएका छन् ।
उपसभापतिमा कमलसिंह जोरा (१६२) र जगदिश भट्ट (१५३), सचिवमा कमलराज चटौत (१६६) र तारासिंह भाट (१६२), सहसचिवमा कैलाश चन्द (१८२) र अशोक पाण्डे (१७६) विजयी भएका छन् ।
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(२) को सभापति पदमा पुष्कर जोशी (२४४) विजयी भएका छन् । जोशी नेता रमेश लेखक पक्षधर मानिन्छन् ।
क्षेत्रीय कार्यसमिति उपसभापति पदमा लालबहादुर शाही र वीरेन्द्र चन्द, सचिवमा पुरुषोत्तम अर्याल र डम्बर गुरुङ तथा सहसचिवमा गणेश रावल र लक्ष्मी मल्ल विजयी भएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया