Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ चैत ०३ गते आइतबार

भ्रष्टाचार छानविन गर्नुकाे सट्टा ब्यानर लाउने पक्राउले जनयुद्धको झल्काे दियाे, रिहाई नगरे चरणबद्ध आन्दाेलन गर्छाै: युवा संगठन ।

कालाे ब्यानर लगाएकाे आराेपमा एकजना पक्राउ परेका छन । शैल्यशिखर नगरपालिकाकाे एक कृर्षि फर्मकाे नाममा अनुदान लिई आफ्नाे घरमा प्रयाेग गरेकाे भन्दै नेकपा बहुमत निकटकाे युवा संगठनले शैल्यशिखर ९ का रमेश भट्टकाे घरमा कालाे ब्यानर लगाएकाे थियाे ।
आईतबार बिहान ४ बजे प्रहरिले युवा संगठनका जिल्ला सदस्य राजु लुहारलाइ पक्राउ गरेकाे हाे । यसै सन्दर्भमा युवा संगठनले एक विज्ञप्ति लेख्दै जिल्लाको शैल्यसिखर नगरपालिका वार्ड न. ९ बस्ने रमेश भट्टले मनकामना कृषि तथा पसुपन्छी फर्मको नाममा आएको बजेट उक्त भट्टले राजनीतिक दलका आडमा व्यक्तिगत रुपमा प्रयोग गरेपछि हाम्रो संगठनले सांकेतिक कार्वाही स्वरुप उक्त फर्ममा कालो व्यानर लगाएको उल्लेख छ ।

    विज्ञप्तिमा संगठनले सांकेतिक कार्वाही पश्चात् भ्रष्ट रमेश भट्टलाई प्रहरी प्रशासनले लगेर अनुसन्धान गर्नुको साटो भट्टलाई सत्ताको आडमा संरक्षण दिदै भ्रष्टाचारका विरुद्ध डटेर संघर्षरत रहेको हाम्रो संगठनका जिल्ला समिति सदस्य कमरेड राजु लुहारलाई दलाल सत्ताको प्रहरी प्रशासनले आज बिहान  ०४ बजे जनयुद्धकालिन झझल्को दिदै गिरफ्तार गरेको बिषय प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । 
गिरफ्तार कमरेड राजुलाई तत्काल विना सर्त रिहाइ गर्न सम्बन्धित निकाय समक्ष पहिलो चरणमा अपिल गर्दछौं।   गिरफ्तार कमरेड लाई तत्काल रिहाइ नगरे चरणवद्व रुपमा संघर्षमा उत्रिने कुरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं विज्ञप्तिमा उल्लेख छ ।

साथै दार्चुला जिल्लामा रहेका सम्पूर्ण देशभक्त तथा न्याय प्रेमी युवा शक्तिलाई भ्रष्टाचार तथा कमिसनखोरहरुका विरुद्ध संघर्षमा उत्रिन अनुरोध गर्न चाहन्छौं । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>